NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन आयोगबाट प्रहरीले लग्यो रवि लामिछानेको नागरिकता प्रतिलिपि

निर्वाचन आयोगबाट प्रहरीले लग्यो रवि लामिछानेको नागरिकता प्रतिलिपि

आयोगले प्रहरीको मागअनुसार लामिछानेको नागरिकता प्रतिलिपि बुझाएको हो।
 |  सोमबार, मंसिर १९, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

vianetvianet

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले नागरिकता विवादमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता कपी निर्वाचन आयोगबाट लगेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले १६ मंसिरमा लामिछानेमाथिको नागरिकता विवादबारे छानबिनको जिम्मेवारी परिसरलाई सुम्पिएको थियो। 

परिसरले आयोगमा पेस गरिएको रविको नागरिकता प्रतिलिपि लगेको हो। आयोगका सहायक प्रवक्ता गुरु वाग्लेले प्रहरीले माग गरेअनुसार लामिछानेको नागरिकता प्रतिलिपि दिइएको बताए। उनले भने, ‘निर्वाचनमा उम्मेदवारी र पार्टी दर्ता गर्दा पेस गरेको नागरिकताको प्रतिलिपि प्रहरीबाट माग भएअनुसार उपलब्ध गराइएको छ। आयोगमा रेकर्डमा रहेको नागरिकताको प्रतिलिपि माग भएअनुसार दिएर पठाएका हौं।’

चितवन २ बाट प्रतिनिधिसभामा निर्वाचित लामिछानेको नागरिकता प्रकरणबारे विवादमा नपर्ने गरी आयोगले निर्णय लिएको छ। आयोगले यसबारे अनुसन्धानको जिम्मा गृह र परराष्ट्र मन्त्रालयलाई दिएको छ। गृहको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामिछानेको नागरिकतबारेको  छानबिन प्रहरीमार्फत अघि बढाएको हो। 

कुनै पनि नेपालीले अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ। यस्तोमा लामिछानेले विदेशी पीआर त्यागिसकेपछि नयाँ नेपाली नागरिकता लिने प्रक्रिया अघि नबढाइ रद्द भइसकेको नागरिकता  आयोगमा पेस गरेको आरोप लागेको छ। छानबिनबाट लामिछानेको नागरिकता र राहदानी गैरकानुनी देखिए सांसद पद गुम्न सक्नेछ।

प्रकाशित: Dec 05, 2022| 14:25 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...