शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आजका अखबार : प्रधानमन्‍त्रीलाई भारी बिसाएर निर्मलाका बाबुआमा फर्किए

आजका अखबार : प्रधानमन्‍त्रीलाई भारी बिसाएर निर्मलाका बाबुआमा फर्किए

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका बुवा आमाले प्रधानमन्त्रीलाई भेटेको र उनीहरु कञ्चनपुर फर्किएको विषयलाई मुख्य प्राथमिकतामा पारेका छन् । 

उनीहरुहरुले सोमबार प्रधानमन्त्री केपीशर्मा ओलीलाई भेटेर निर्मलाको हत्यारा तत्काल पत्ता लगाएर कारबाही गर्न माग गरेका थिए । उनीहरुले आफूहरुको छोरी मार्ने ब्यक्तिलाई प्रहरी प्रशासनले नै लुकाउन खोजेकाले उनीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले निर्मला आफ्नो पनि छोरी भएकाले चाडो भन्दा चाडो हत्यारा पत्ता लाग्ने, कडा भन्दा कडा कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नागरिक दैनिकले 'निर्मला हत्या प्रकरण : हत्यारा जतिसुकै बलियो भए पनि छोडिँदैन' शीर्षकमा खबर छापेको छ ।  यस्तै उसले डिएनए परिक्षणले मात्रै दोषी पत्ता लाग्न जटिल उपशीर्षकमा अर्को खबर छापेको छ ।

निर्मला हत्या घटनाको छानबिन गरिसकेको उच्चस्तरीय छानबिन समिति पनि निर्मलाको हत्या कसले गरेको भनेर निष्कर्षमा पुग्न सकेको छैन । अपराध अनुसन्धानका बारेमा जानेको व्यक्तिले चलाखीपूर्ण ढंगले निर्मलाको हत्या गरेर प्रमाण नष्ट गरेको निक्र्योल छानबिन समितिको रहको समाचारमा जनाइएको छ । 

यस्तै आजको नयाँ पत्रिकाले 'आशा र आशंका बोकेर फर्किए निर्मलाका आमाबाबु' शीर्षकमा मुख्य समाचार लेखेको छ । निकै गहुगो प्रश्नहरुको भारी प्रधानमन्त्री समक्ष विसाएर प्रधानमन्त्रीकै आग्रहमा उनीहरु कञ्चपुर फर्किएका हुन् । राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी महानिरीक्षकलाई भेट्ने घटनाको विवरण सुनाउने र न्यायको याचना गर्ने उद्देश्यले एक साताअघि उनीहरु काठमाडौं आएका थिए । 

निर्मलाका बाबुआमाले प्रधानमन्त्रीलाई भेटेको तस्विर प्राथकिताका साथ प्रकाशित गरेको आजको कान्तिपुर दैनिकले पूर्वराजदुत केशव झाको हत्या आरोपमा भान्से सानुकान्छा तामाङलाई जबरजस्त अपराध स्विकार्न लगाउँदै प्रहरीले यातना दिएको खबरलाई मुख्य समाचार बनाएको छ । जबजरजस्ती अपराध कबुल गराउन खोजिएको छ भने मानवअधिकार आयोगले पनि छानबिन सुरु गरेको समाचारमा जनाइएको छ ।  

यस्तै 'कर्णालीवासीको काँधसेवा' शीर्षकमा मुख्य समाचार छापेको आजको अन्नपूर्ण पोस्ट्ले सिमा यताउता हुँदा सर्भे टोलीले चार वर्षसम्म नेपाल भारतको सीमा एकिन गर्न नसकेको विषयमा पनि खबर लेखेको छ ।  निजमति कर्मचारी प्रवृतिलाई इंगित गर्दै बहाना बनाउँदै, भत्ता खाँदै शीर्षकमा अन्नपूर्णले महत्वका साथ खबर छापेको छ । 

यस्तै आजको नयाँ पत्रिकाले वार्ताका लागि 'विप्लवका तीन सर्त' शीर्षकमा खबर लेखको छ भने नागरिक दैनिकले सिक्टा सिचाइमा अनियमितता गर्ने कर्मचारीसँग अख्तियारले बयान लिन सुरु गरेको खबर छापेको छ । 

आजको कारोबार दैनिकले भने निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्दा २ खर्ब ३१ अर्बको वातावरणीय क्षति हुने देखिएको विषयलाई मुख्य समाचार बनाएको छ । निजगढ अन्तराष्ट्रिय विमानस्थलको डिपीआरमा अर्बभन्दा बढी खर्चिने तयारी शीर्षकमा पनि कारोबारले खबर लेखको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।