शुक्रबार, कात्तिक २८, २०८२

अस्थिर राजनीतिले खेल क्षेत्र पनि प्रभावित : नेता सिंह

समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिका महत्त्वपूण हुने सिंहको जिकिर।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– कांग्रेस नेता एवं सभासद् प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताएका छन्। सोमबार नेपाल सेतेरियो कराँते केन्द्रीय शाखा डोजोले आयोजना गरेको कार्यक्रममा सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐन अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिकका साथै खेल क्षेत्रको विकाससमेत सोचेअनुसार हुन नसकेको बताएका हुन्।

National life

संविधान कार्यान्वयन गर्न तीन वटै तहका सरकारलाई अधिकारसम्पन्न बनाएर लैजानुपर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले सेवा प्रवाह सोचेजस्तो हुन नसकेको उनको भनाइ छ।

आगामी दिनमा सांसदको हैसियतमा संघीयता कार्यान्वयनका साथै तीन वटै तहका सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा पहल थाल्ने उनको विश्वास दिलाए।

समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिका महत्त्वपूण हुने सिंहले जिकिर गरे। सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए।

प्रकाशित: Dec 05, 2022| 12:15 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।