शुक्रबार, कात्तिक २८, २०८२

रोनाल्डोलाई पछि पारे एम्बाप्पेले

फ्रान्सको जितमा दुई गोल गरेका केलियन एम्बाप्पेले पाँचपटकका बालोन डी ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई विश्वकपमा कुल गोल संख्यामै पछि पारेका छन्।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा आइतबार राति भएको प्रि–क्वाटरफाइनलमा पोल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गर्यो। फ्रान्सको जितमा दुई गोल गरेका केलियन एम्बाप्पेले पाँचपटकका बालोन डी ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई विश्वकपमा कुल गोल संख्यामै पछि पारेका छन्।

सन् २०१८ को विश्वकपबाट डेब्यु गरेका २३ वर्षे एम्बाप्पेले गत राति दुई गोल गर्दा विश्वकपमा कुल गोल संख्या ९ पुर्याएका छन्। उता रोनाल्डोले पाँचवटा संस्करणमा गरी ८ गोल गरेका छन्। २३ वर्षकै उमेरमा विश्वकपमा ९ गोल गर्ने एम्बाप्पे डिएगो म्याराडोना, रोनाल्डो नाजारियो, लियोनेल मेस्सी, क्लोसा जस्ता खेलाडीहरु भन्दा धेरै विश्वकपमा गोल गर्ने अनुमान गर्न थालिएको छ। उनले डेब्यु विश्वकपमा चार गोल गरेका थिए भने यसपटकको विश्वकपमा पाँच गोल गरिसकेका छन्।

यस प्रतियोगितामा पाँच गोल गर्दै एम्बाप्पे गोल्डेन बुटको रेसमा सबैभन्दा अगाडि आएका छन्। उनीपछि मेस्सी, रास्फोर्ड, भ्यालेन्सियाको तीन तीन गोल रहेको छ।

प्रकाशित: Dec 05, 2022| 12:14 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।