बुधबार, फागुन २०, २०८२

चोटग्रस्त नेइमार कोरियाविरुद्ध मैदान उत्रिँदै

पहिलो खेलमा सर्बियासंग खेल्ने क्रममा खुट्टाको जोर्नीमा चोट लागेपछि ३० वर्षे नेइमारले समूह चरणका दुई खेल गुमाएका थिए।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकपको प्रि–क्वार्टर फाइनलमा आज ब्राजिल र दक्षिण कोरिया भिड्दै छन्। यस खेलमा ब्राजिलियन समर्थकका लागि खुसीको कुरा आएको छ। राती १२–४५ बजे सुरु हुने खेलमा ब्राजिलका नेइमार जुनियर मैदान फर्किने पक्का भएको ब्राजिलका प्रशिक्षक टिटेले बताएका छन्। 

पहिलो खेलमा सर्बियासंग खेल्ने क्रममा खुट्टाको जोर्नीमा चोट लागेपछि ३० वर्षे नेइमारले समूह चरणका दुई खेल गुमाएका थिए। खुट्टाको चोटका कारण धेरै खेल गुमाउने अनुमान गरिए पनि अहिले नेइमार ठीक भइसकेको टिमले बताएको छ।

‘उनी ट्रेनिङमा फर्किइसकेका छन्। आइतबार बेलुकादेखि उनी टिममा संलग्न भएर ट्रेनिङ गरिरहेका छन्। उनको खुट्टाको अवस्था खतारामुक्त छ भने कोरियाविरुद्धको खेलमा मैदान फर्किनेछन्,’ ब्राजिलका प्रशिक्षक टिटेले मिडियासँग कुरा गर्दै भने।

तर नेइमार मैदान फर्किए पनि ब्राजिलका अर्का महत्त्वपूर्ण फर्वार्ड ग्याब्रियल जिजस, डिफेन्डर एलेक्स टेल्सजस्ता खेलाडी चोटग्रस्त हुँदा बाँकी खेल गुमाउने निश्चित भएको छ।

प्रकाशित: Dec 05, 2022| 12:06 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।