शुक्रबार, साउन १, २०८३

संविधान दिवस मनाउने विषयमा सत्तारुढ फोरममा विवाद  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको दल संघीय समाजवादी फोरमका शीर्ष नेताबीच संविधान दिवस मनाउन बिषयलाई लिएर विवाद उत्पन्न भएको छ। 

३ असोज २०७२ मा जारी ‘नेपालको संविधान’ प्रति सत्तारुढ दल फोरमले विरोध जनाउँदै आएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले संविधान दिवस मनाउने वा नमनाउने भन्ने बिषयमा कुनै धारणा सार्वजनिक नगरे पनि पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले संविधान दिवसमा कुनै विरोधको कार्यक्रम नराख्न निर्देशन दिएका छन्।

केन्द्रीय उपमहासचिव अधिकारीको निर्देशन विपरित पार्टीको तराई-मधेश प्रदेश तदर्थ समिति अध्यक्ष रेणुकुमार यादवले भने सबै नेता-कार्यकर्तालाई ३ असोजलाई कालो दिनको रुपमा मनाउने भन्दै विरोधको कार्यक्रममा सहभागी हुन आग्रह गरेकी छन्। उपमहासचिव अधिकारी फोरम नेता असोक राई निकट हुन भने यादव अध्यक्ष उपे्रन्द्र यादव निकटकी हुन्।

उपमहासचिव अधिकारीले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनका लागि शोषित उत्पीडित जनताको पक्षमा संघर्षरत रहँदै आएको फोरमले संविधानसभाबाट जारी गराइएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथवत रहे पनि सरकारमा सहभागी भइसकेकोले विरोधका कार्यक्रममा सहभागी नहुन निर्देशन दिएका हुन्।

‘संविधान संशोधन र परिमार्जन गर्दै संविधानका कमी कमजोरीहरुलाई सच्याउने र प्राप्त अधिकार संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी सरकारमा जाने समझदारी भएको थियो’ अधिकारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘संविधान संशोधन गर्न सरकार सहमत भइसकेको अवस्थामा कालो दिवस मनाउने जस्ता कार्यक्रमहरुमा सहभागी हुन पार्टीले कुनै निर्णय गरेको छैन।’

उनले त्यस्ता खाले कार्यक्रमहरुमा सहभागी नहुन र त्यस सम्बन्धमा अन्य कुनै भ्रममा नरहन आग्रह गरेका छन्। तर तराई-मधेश प्रदेश तदर्थ समितिअध्यक्ष यादवले ३ गते दिनभर हातमा कालोपट्टी बाँध्ने, सार्वजनिक स्थानहरुमा कालो झण्डा झुण्ड्याउन र साँझ ७ देखि ७:१५ जेसमम ब्ल्याक आउट गर्ने निर्णय भएको जनाएकी छन्। ‘प्रदेश समितिले बिरोधका कार्यक्रममा सहभागी हुन र समजर्थनका लागि सबैमा आग्रह गर्दछ’, विज्ञप्तीमा भनिएको छ।

संघीय संसदकी सदस्य रेणुकुमारी यादवले ३ असोज २०७२ मा तत्कालिन सरकारले बन्दुकको दम्भमा जबरजस्ती संविधान जारी गरेको घटना शोषित, उत्पीडित एवम् विभेदमा परेका जनताले नबिर्सिएको भन्दै संविधान संशोधन गरी मधेश लगायत उपेक्षित सबै समुदयाको माग पुरा गर्न पार्टी सरकारमा गएको दाबी गरेकी छन्।

‘संविधान संशोधनको लागि सरकारले गरेको प्रतिवद्धता पछि फोरम पनि निर्वाचन र सरकारमा सहभागी भएको हो’, यादवले भनेकी छन्, ‘यसका बाबजुद पनि अहिलेसम्म सो प्रतिवद्धता पुरा नभएकोले त्यसको कार्यान्वयनका लागि ध्यानाकर्षणका साथै बलपूर्वक संविधान लागू गरिउको दिन आगामी ३ असोजलाई ‘कालो दिन’ को रुपमा मनाउने निर्णय गरेको जानकारी गराउँछौं।’

उनले संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधित्व गर्ने यस प्रदेशका सम्पूर्ण जनप्रतिनिधिहरुलाई संविधान दिवसमा सहभागी नहुन पनि आग्रह गरेकी छन्। केपी ओली नेतृत्वको सरकारलाई मसर्थन गरेरको अर्को मधेशवादी दल राष्ट्रिय जनता पार्टी (राजापा) नेपालले भने एक साता अघि नै ३ असोजमा विरोध दिवस मनाउने निर्णय गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।