मंगलबार, पुस २९, २०८२

अनुमान गर्न नसकिने टिमबीच रोमाञ्चक खेलको अपेक्षा

जापान र क्रोएसियाले विश्वकपमा तेस्रो पटक खेल्न लागेका हुन्। ती दुवै खेलमा जापानको स्थिति खासै राम्रो भने छैन।
 |  सोमबार, मंसिर १९, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- विश्वकपमा विरलै निस्कने नतिजा यो वर्ष जापानले निकालेको छ। त्यो भनेको समूह चरणमा जर्मनी र स्पेनविरुद्धको जित हो। विश्वकपको दोस्रो खेलमा अर्जेन्टिनाले साउदी अरबसँग हार बेहोरेपछि यस्तै अप्रत्याशित नतिजा अब ननिस्किएला भन्ने धेरैले सोचेका थिए। तर, त्यस्तो भएन।

National life

जापानले जर्मनीलाई सुरुमै स्तब्ध बनाइदियो। त्यही दिन स्पेनले कोस्टारिकाको पोस्टमा सात गोल गरेको थियो। अर्को खेलमा चाहिँ जापानले कोस्टारिकासँग हार्‍यो। त्यो हारपछि जापानले स्पेनसँग खेल्ने तय थियो। तर, कोस्टारिकालाई सात गोल गर्ने स्पेनलाई २–१ ले हराउँदै समूह विजेताको हैसियतमा जापान अर्को चरणमा पुग्यो।

विगतको नतिजाबाटै थाहा हुन्छ, क्रोएसिया त्यस्तै अप्रत्याशित टिम हो। उसको ‘टिमगेम’ राम्रो हुनाका साथै व्यक्तिगत प्रदर्शन पनि राम्रो छ। तर, खेल भने अनुमान गर्न सकिँदैन। विश्वकपको पहिलो खेलमा क्रोएसियाले मोरोक्कोसँग खेलेको थियो। उनीहरूबीचको खेल गोलरहित बराबरी भयो।

दोस्रो खेलमा क्यानडासँग खेल्दा चाहिँ उसले चार गोल गर्न सक्यो। साथै ४–१ को फराकिलो नतिजा पनि निकाल्यो। फेरि तेस्रो खेलमा बेल्जियमसँग खेल्दा क्रोएसियाले गोल गर्न सकेन। जुन नतिजा अप्रत्याशित थियो। कहिले फ्रान्सलाई हराउने कहिले अष्ट्रेलियासँग हार बेहोर्ने।

४-२-३-१ र ४-१-४-१ को फर्मेसनमा खेल्न रुचाउने क्रोएसिया यो विश्वकपमा भने ४-३-३ फर्मेसनमा खेलिरहेको छ। सदाझैँ उसले दुई होल्डिङ मिडफिल्डर र एक सेन्ट्रल फरवार्डलाई नयाँ फर्मेसनमै मिलाएको छ। यसरी उसले यो विश्वकपमा फरक खेल प्रस्तुत गरिरहेको छ। आज अल जनोब रंगशालामा आज जापान र क्रोएसियाले खेल्दै गर्दा त्यहाँ अर्को एक एसियाली देशसँग उसको परीक्षा हुनेछ। यसरी अनुमान गर्न नसकिने खेल पस्किरहेका जापान र क्रोएसियाले आज प्रि-क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन्।

Laxmi sunrise bank
kumari

क्रोएसियाले भने समूह एफमा दुई बराबरी खेलेर पाँच अंक बनाएर अन्तिम १६ को यात्रा तय गरेको थियो। समूह एफको उपविजेता र समूह ईको विजेता भेट हुने नियमअनुसार आज यी दुई टिम खेल्दैछन्।

प्रकाशित: Dec 05, 2022| 08:17 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।