मंगलबार, चैत १७, २०८२

प्रदेश १ लोकसेवाद्वारा तीन सय कर्मचारी माग

प्रदेश १ को लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- प्रदेश १ को लोकसेवा आयोगले स्थानीय सरकारी सेवाका लागि प्राविधिकतर्फ पदहरूमा आवेदन माग गरेको छ।

National life

खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान भएको हो।

प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उम्मेदवारको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने पनि आयोगले जानकारी दिएको छ। छनोट भएकालाई स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्।

पाँचौं तहको सबइन्जिनियर पदमा २५ जना माग गरेको छ। सहायक कम्प्युटर अपरेटर, नायव प्राविधिक सहायक, नायव पशु स्वास्थ्य प्राविधिकलगायत पदमा दरखास्त आह्वान भएको हो। कुल ३१६ जना कर्मचारी माग भएको छ।

आयोगले आज गोरखापत्रमा सूचना निकालेर चैत २५ गतेदेखि परीक्षा हुनेसमेत उल्लेख गरेको छ। अनलाइनबाट पनि फारम भर्न सकिनेछ।

kumari

प्रकाशित: Dec 05, 2022| 07:35 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।