आइतबार, वैशाख १३, २०८३

सेनेगललाई हराउँदै इंग्ल्यान्ड विश्वकपको क्वार्टरफाइनलमा

कतारमा जारी फिफा विश्वकपको चौथो प्रि-क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले सेनेगललाई ३-० ले हराएको छ। अल बायत रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले सहज जित निकालेको हो।
 |  सोमबार, मंसिर १९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १९, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपको चौथो प्रि-क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले सेनेगललाई ३-० ले हराएको छ। अल बायत रंगशालामा सम्पन्न खेलमा इंग्ल्यान्डले सहज जित निकालेको हो।

National life

इंग्ल्यान्डको जितका लागि जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले समान १-१ गोल गरेका थिए।

खेलको ३८औं मिनेटम बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए। त्यस्तै, पहिलो हाफको इन्ज्युरी समयमै कप्तान केनले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।

यता, खेलभरी इंग्ल्यान्डको पोस्टतर्फ १० पटक प्रहार गरे पनि सेनेगलका कुनै प्रहारले सफलता पाउन सकेन। बरु इंग्ल्यान्डका बुकायो साकाले नै खेलको ५७औं मिनेटमा गोल गरेर सहज जिततर्फ पुर्‍याएका थिए।

यसँगै अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा फ्रांन्ससँग भेट पक्का गरेको छ।

kumari

प्रकाशित: Dec 05, 2022| 06:50 सोमबार, मंसिर १९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।