आइतबार, चैत १९, २०७९

दोस्रो कार्यकालको तयारी गर्दै कर्णाली प्रदेश

प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेश सभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

सुर्खेत- कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको सुरुआतका लागि कर्णाली प्रदेश सभाको सचिवालयले तयारी थालेको छ।

National life insurance

प्रदेश सभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेश सभा सचिवालयले तयारीलाई तीव्रता दिएको हो। प्रदेश सभा हल मर्मतसम्भार, रंगरोगन र सरसफाइको कामलाई अगाडि बढाइएको सचिवालयले जनाएको छ।

प्रदेश सभाका भवनको मर्मतका साथै सिट प्लानिङ गर्न थालिएको सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए। पुराना सांसदलाई बिदाइ र नयाँ सांसदलाई स्वागत गरिने कार्यक्रमसमेत तय गरिने बुढाथोकीले बताए। उनले पाँच वर्षसम्म भएगरेका कामको विषयमा नयाँ प्रदेश सभा सदस्यलाई जानकारी गराउने उद्देश्यले सारांश निकाल्ने तयारी भएको बताए। 

‘यसमा पाँच वर्षको अवधिमा कति वटा र कस्ता विधेययकहरु बनेका छन्, विषयगत समितिका कामहरु कस्ता भए, बैठकहरु कति बसे भन्नेलगायत सूचनाहरु राखिन्छ’, उनले भने, ‘यसले गर्दा नयाँ आउने माननीयहरूलाई सहज हुन्छ।’ 

त्यसैगरी भौतिक पूर्वाधार निर्माण तथा मर्मतको कामहरू पनि अघि बढेको उनले बताए। प्रदेश सभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरूमा रंगरोगनका साथै फर्निसिङ र कार्पेटिङलगायत काम भइरहेका छन्। सचिवालयमा सभामुखसहित दलका नेताहरुले सुविधा उपभोग गर्न पाउने सवारी–साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको उनले जानकारी दिए। संसद् बैठककक्षमा मुख्यमन्त्री, मन्त्री सत्तापक्ष, प्रतिपक्ष लगायतको कुर्सीको व्यवस्थापन गरिएको छ। 

worldlink

सभामुखको दायाँतर्फ सत्तापक्षका लागि छुट्याइएको छ भने बायाँतर्फ प्रतिपक्ष दललाई बस्ने व्यवस्था मिलाइएको छ। संसद् बैठकका गतिविधि प्रत्यक्ष रुपमा हेर्न संसद्भित्र र बाहिर डिजिटल बोर्डको व्यवस्था पनि गरिएको बुढाथोकीले जानकारी दिए। संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मतसम्भारको काम भइरहेको उनको भनाइ थियो। 


प्रकाशित: Dec 04, 2022| 08:30. 00 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।