शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • आईसीसी विश्वकप लिग २ मा नेपाल पराजित, स्कटल्यान्ड शीर्षस्थानमा उक्लियो

आईसीसी विश्वकप लिग २ मा नेपाल पराजित, स्कटल्यान्ड शीर्षस्थानमा उक्लियो

नामिबियामा जारी सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हार बेहोर्दा स्कटल्यान्डले भने समूह शीर्षस्थानमा उक्लिएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डसँग तीन विकेटको हार बेहोरेको छ। नामिबियामा जारी सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हार बेहोर्दा स्कटल्यान्डले भने समूह शीर्षस्थानमा उक्लिएको छ।

triton college

अहिले स्कटल्यान्डले ३० खेलबाट ४४ अंक बनाएर शीर्षस्थानमा उक्लिएको हो। आजको खेलमा पहिले ब्याटिङ गरेको नेपालले १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। दोस्रो पारीमा तीन विकेट बचाउँदै ३२ ओभर एक बलमा स्कट्ल्यान्डले १४३ रन बनाउँदै लक्ष्य पुरा गरेको हो।

स्कटल्यान्डका लागि क्रिस्टोफर म्याकब्रिडले सर्वाधिक ४३ रन बनाए भने ब्रान्डम म्याकुलमले ४३ तथा मिचेल लिस्कले २२ रनको पारी खेले। नेपालका लागि सागर ढकाल, गुल्सन झा र ललित राजवंशीले समान २–२ विकेट लिएका थिए।

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए। खेलको पहिलो ओभरमा कुनै रन नजोडेको नेपाले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको थियो। तेस्रो ओभरमा पहिलो बाउन्ड्री हाने पनि नेपालले त्यहि ओभरमा विकेट गुमायो। त्यसपछि नेपालका दुवै ओपनर आउट भएका थिए।

ओपनर अर्जुन साउँदले ४४ बलमा १८ रन मात्र बनाउन सके भने आसिफ शेख पाँच बलमा सात रन जोडेर आउट भए। १० ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २६ रन मात्र बनाउन सकेको थियो। १६औं ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ५५ रन बनाएको थियो।

corrent noodles
Metro Mart

२४ ओभर सकिँदा नेपालले ८० रन मात्र बनाउन सक्यो। र, नामिबियाको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर एक बलमा १३७ रन बनाउँदै सबै विकेट गुमाएपछि १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। ब्याटिङमा सुस्त सुरुआत गरेको नेपालका कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। पाँचौ विकेटका रुपमा मैदान छिरेका कुशल ‘कट एन्ड बोल्ट आउट’ हुँदै मैदानबाट बाहिरिए।

खेलको २३ ओभर एक बलमा आरिफ शेख आउट भएपछि कुशल मैदानमा प्रवेश गरेका थिए। तर उनी आफ्नो पहिलो बलमै क्रिस सोलेबाट आउट भए। उनलाई बल गरेका सोले आफैंले क्याचआउट गराएका हुन्। सोलेले लगातार दुई बलमा नेपालको महत्वपूर्ण दुई विकेट लिए। उनले पछि रोहित पौडेललाई पनि आउट गराए। खातामा तीन विकेट पुर्याएका थिए।

कुशल पेवेलियन फर्किएपछि मैदानमा कप्तान रोहितसँग दिपेन्द्र सिंह ऐरी थिए। तर उनीहरुले पनि अपेक्षित प्रर्शन गर्न नसक्दा नेपालको मिडिल अर्डर सस्तैमा समेटिएको थियो। जहाँ सायन शरिफको हातबाट आउट भएका दिपेन्द्र ९ रन बनाए भने रोहितले पनि ४३ बलमा १७ रन माात्र बनाउन सके।

३८औं ओभरको चौथो बलमा गुल्सन झा आउट भएपछि नेपालको एकमत्र विकेट बाँकी थियो। त्यो पनि ४०औं ओभरमा झर्यो, अन्तिममा ललित राजवंशी आउट भएका थिए। नेपालका लागि गुल्सन झाले २९ रन बनाएका थिए।

नामिबियामा भइरहेको त्रिकोणात्मक शृंखलाअन्तर्गत दुई दिनअघिको पहिलो खेलमा नेपालले आयोजक टिमको सामना गरेको थियो। तर उक्त खेल पुरा हुन नसकेपछि दुवै टिमले अंक बाँडेका थिए। दोस्रो इनिङको चार बलपछि सुरु भएको वर्षा नरोकिएपछि दुवै टिमले अंक बाँडेका थिए।

खेलमा ब्रेन्डल म्याकुलम, मिचेल लिस्क र साफयानएकएक विकेट लिए, मार्क वाटले दुई विकेट लिए भने भने अर्जुन र करण केसी रनआउट भए।

प्रकाशित: Dec 04, 2022| 19:59 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।