शुक्रबार, साउन १, २०८३

नेपाल साझेदार बैठक शुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल सरकारका सहसचिव शुरेश अधिकारीले मानवीय क्षेत्रमा रेडक्रसले गरेका कामले नेपालीहरुको संकट र विपद न्यूनीकरण कम गर्न मद्दत गरिरहेको बताएका छन्। सोमबारदेखि शुरु भएको नेपाल साझेदार बैठकलाई सम्बोधन गर्दै उनले भने, समुन्नत नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्त गर्न रेडक्रसका गतिविधिहरु अत्यन्त सहयोगी छन् । 

नेपाल रेडक्रस सोसाइटी, रेडक्रसको अन्तर्राष्ट्रिय महासँघ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सँयुक्त आयोजनामा आजदेखि काठमाडौमा शुरुभएको २ दिने वैठकमा १८ वटा विभिन्न देशका रेडक्रस रेडक्रिसेन्ट सोसाइटीका प्रतिनिधिहरु, नेपाल सरकारका प्रतिनिधि, सँयुक्त राष्ट्रसँघ नियोग तथा विज्ञहरु र रेडक्रस अभियानका अँगहरुका प्रतिनिधि गरी ७१ जनाको सहभागिता रहेको नेपाल रेडक्रसका निर्देशक दिव्य राज पौडेलले जानकारी दिए।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल रेडक्रसका अध्यक्ष सँजीव थापाले हरेक दुइवर्षमा आयोजना गर्दै आइएको यो साझेदार वैठकले सँगसँगै सोच्ने, सँगसँगै योजना बनाउने र सँगसँगै काम गर्ने रेडक्रसको परिपाटीलाई थप सुदृढ गर्ने बताए। रेडक्रसको अन्तर्राष्टिय महासंघ एशिया प्रशान्त क्षेत्रका उपनिर्देशक मार्टिन फलरले बैठकमा उपस्थित विज्ञहरुको ज्ञान, सीप र अनुभव आदान प्रदान हुँदा साझा नेतृत्व विकास गर्न र रेडक्रससँगको आपसी साझेदारीलाई पुनर्ववल प्रदान गर्न मद्यत पुगिरहेको धारणा व्यक्त गरे। 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले नेपाल सरकारको प्राथमिकता क्षेत्रमा रेडक्रसले काम गरिरहेको उदारण प्रस्तुत गरेका थिए। विशेष प्रस्तुतीको क्रममा  सँयुक्त राष्ट्रसँघका आवासीय प्रतिनिधि भेलरी जुलियानले नेपालको वर्तमान संघीय संरचनाका आधारमा काम गर्दा अवसर र चुनौती दुवै रहेको उल्लेख गर्दै राज्यको स्थानीय र प्रादेशिक सँरचनासँग समन्वयमा काम गर्नुपर्ने आवश्यकता औँल्याए। यसैक्रममा आइसीआरसीका प्रतिनिधि आन्द्रे पाकेले नेपाल रेडक्रसको कानुनी अवस्थाको सुदृढिकरण हुनुपर्नेमा जोड दिएका थिए। 

विश्व र नेपालको मानवीय सेवा सन्दर्भ, अवस्था, चुनौती तथा अवसरहरुका बारेमा विज्ञहरुको प्यानल छलफल समेत आजै आयोजना गरिएको थियो। छलफलमा क्यानेडियन रेडक्रसका म्याक डोनाल्ड, आइसीएमएकका डा राम थपलिया, मिडिया एक्शनका लक्ष्मण दत्त पन्त लगायत रेडक्रस अभियानका प्रतिनिधिहरुले अवस्थाको विश्लेषण गरेका थिए। 

साझेदारीको ढाँचा, प्रकृया सहित नेपालमा सञ्चालन गरिने रेडक्रस गतिविधिलाई सहयोग गरिने क्षेत्रको पनि पहिचान गरी भोली कार्यक्रम सम्पन्न हुनेछ। कार्यक्रमको तेश्रो दिन नेपाल रेडक्रसमार्फत् विभिन्न जिल्लाहरुमा सञ्चालित गतिविधिहरुको अवलोकनार्थ विदेशी पाहुनाहरु फिल्ड भ्रमण समेत गर्ने कार्यक्रम रहेको छ। 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।