शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • स्कटल्यान्डसँग खुलेर खेल्न नसकेपछि नेपालले दियो सामान्य लक्ष्य

स्कटल्यान्डसँग खुलेर खेल्न नसकेपछि नेपालले दियो सामान्य लक्ष्य

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं– नामिबियामा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गतको आजको खेलमा नेपालले स्कटल्यान्डलाई १३८ रनको सामान्य लक्ष्य प्रदान गरेको छ। नामिबियाको मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर एक बलमा १३७ रन बनाउँदै सबै विकेट गुमाएपछि १३८ रनको लक्ष्य प्रस्तुत गरेको हो।

triton college

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए। खेलको पहिलो ओभरका कुनै रन नजोडेको नेपालले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको थियो। तेस्रो ओभरमा पहिलो बाउन्ड्री हाने पनि नेपालले त्यहि ओभरमा विकेट गुमायो। त्यसपछि नेपालका दुवै ओपनर आउट भएका थिए।

नेपालका लागि ओपनर अर्जुन साउदले ४४ बलमा १८ रनमात्र बनाउन सके। त्यस्तै अर्को ओपनर आसिफ शेख पाँच बलमा सात रन जोडेर आउट भए। १० ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २६ रनमात्र बनाउन सकेको थियो। त्यसयता भने नेपालले रन रेटमा सुधार गर्यो। १६ औं ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ५५ रन बनाएको थियो। २४ ओभर सकिँदा नेपालले ८० रन मात्र बनाउन सक्यो।

ब्याटिङमा सुस्त सुरुआत गरेको नेपालका कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। पाँचौं विकेटका रुपमा मैदान छिरेका कुशल ‘कट एन्ड बोल्ट आउट’ हुँदै मैदानबाट बाहिरिए।

खेलको २३ ओभर एक बलमा आरिफ शेख आउट भएपछि कुशल मैदानमा प्रवेश गरेका थिए। तर उनी आफ्नो पहिलो बलमै क्रिस सोलेबाट आउट भए। उनलाई बल गरेका सोले आफैंले क्याचआउट गराएका हुन्। सोलेले लगातार दुई बलमा नेपालको महत्वपूर्ण दुई विकेट लिए। उनले पछि रोहित पौडेललाई पनि आउट गराए। खातामा तीन विकेट पुर्याएका थिए।

corrent noodles
Metro Mart

कुशल पेवेलियन फर्किएपछि मैदानमा कप्तान रोहितसँग दिपेन्द्र सिंह ऐरी थिए। तर उनीहरुले पनि अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालको मिडिल अर्डर सस्तैमा समेटिएको थियो। जहाँ सायन शरिफको हातबाट आउट भएका दिपेन्द्र ९ रन बनाए भने रोहितले पनि ४३ बलमा १७ रन माात्र बनाउन सके।

३८ औं ओभरको चौथो बलमा गुल्सन झा आउट भएपछि नेपालको एकमात्र विकेट बाँकी थियो। त्यो पनि ४० औं ओभरमा झर्यो, अन्तिममा ललित राजवंशी आउट भएका थिए। नेपालका लागि गुल्सन झाले २९ रन बनाएका थिए।

नामिबियामा भइरहेको त्रिकोणात्मक शृंखलाअन्तर्गत दुई दिनअघिको पहिलो खेलमा नेपालले आयोजक टिमको सामना गरेको थियो। तर उक्त खेल पूरा हुन नसकेपछि दुवै टिमले अंक बाँडेका थिए। दोस्रो इनिङको चार बलपछि सुरु भएको वर्षा नरोकिएपछि दुवै टिमले अंक बाँडेका थिए।

नामिबियासँगको पछिल्लो खेलको तुलनामा आजको खेलमा तीन खेलाडी परिवर्तन भएका छन्। प्रशिक्षक मनोज प्रभाकरको टिममा आज सोमपाल कामी, हरीशंकर शाह र नन्दन यादव छैनन्। आजको खेलमा सोमपाल कामीको ठाउँमा करण केसीले स्थान पाएका छन्। त्यस्तै आजको खेलमा पहिलेको झैं अर्जुन साउद र आरिफ शेख सुरुआति जोडीको रुपमा आएका थिए।।

त्यस्तै, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, सागर ढकाल र दिपेन्द्र सिंह ऐरी पनि नेपाली टिममा रहेका छन्। यसबाहेक कुशल भुर्तेल, गुल्सन झा पनि नेपालको प्लेइङ ११ मा थिए।

लिग २ को तालिकाको छैटौं स्थानमा रहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ। यो सिरिजबाट नेपालले केहि अंक बटुल्न सके आउने खेलमा सहज हुनेछ। यता लिग दुईको शीर्षस्थानमा पुग्नका लागि संघर्ष गरिरहेको स्कटल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न पनि त्यति सहज भने छैन।

प्रकाशित: Dec 04, 2022| 16:46 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।