शुक्रबार, कात्तिक २८, २०८२

कुशल पहिलो बलमै 'कट एन्ड बोल्ड आउट'

स्कटल्यान्डविरुद्ध ब्याटिङमा सुस्त सुरुआत गरेको नेपालका कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। पाँचौं विकेटका रुपमा मैदानमा छिरेका कुशल कट एन्ड बोल्ट आउट हुँदै मैदानबाट बाहिरिएका हुन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं– स्कटल्यान्डविरुद्ध ब्याटिङमा सुस्त सुरुआत गरेको नेपालका कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। पाँचौं विकेटका रुपमा मैदानमा छिरेका कुशल कट एन्ड बोल्ट आउट हुँदै मैदानबाट बाहिरिएका हुन्।

National life

खेलको २३ ओभर एक बलमा आरिफ शेख आउट भएपछि कुशल मैदानमा प्रवेश गरेका थिए। तर उनी आफ्नो पहिलो बलमै क्रिस सोलेबाट आउट भए। उनलाई बल गरेका सोले आफैंले क्याचआउट गराएका हुन्। सोलेले लगातार दुई बलमा नेपालको महत्वपूर्ण दुई विकेट लिए।

नेपालका लागि अहिलेसम्म ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने आरिफ शेख १० रनमै आउट भए। खेलको पहिलो ओभरका कुनै रन नजोडेको नेपाले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको थियो। तेस्रा ओभरमा पहिलो बाउन्ड्रिी हाने पनि नेपालले त्यहि ओभरमा विकेट गुमायो। त्यसपछि नेपालका दुवै ओपनर आउट भएका थिए।

नोपलका लागि अर्जुन साउँदले ४४ बलमा १८ रन मात्र बनाउन सके। त्यस्तै अर्को ओपनर आसिफ शेखले भने पाँच बलमा सात रन जोडेरआउट भए।

१० ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २६ रन मात्र बनाउन सकेको थियो। त्यसयता भने नेपालले रन रेटमा सुधार गरेको छ। १६ औं ओभर सकिँदा नेपालले  दुई विकेट गृुमाएर ५५ रन बनाएको थियो। २४ ओभर सकिँदा नेपालले ८० रन मात्र बनाउन सकेको छ।

Laxmi sunrise bank
kumari

ब्रेन्डल म्याकुलम र मार्क वाटले एकएक विकेट लिए भने अर्जुन रनआउट भए। अहिले मैदानमा कप्तान रोहित पौडेलसँगै दिपेन्द्र सिंह ऐरी छन्।

प्रकाशित: Dec 04, 2022| 15:56 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।