काठमाडौं– नामिबियामा जारी क्रिकेट विश्वकप लिग २ को नामिबिया त्रिकोणीय सिरिजमा आइतबार नेपाल र स्कटल्यान्डबीच खेल भइरहेको छ। नामिबियाको विन्होकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको छ।
ओपनर आसिफ शेख व्यक्तिगत ७ रन बनाउँदा आउट भएका छन्। अहिले क्रिजमा अर्जुन साउद र ज्ञानेन्द्र मल्ल छन्।
नेपालले यसअघिको प्लेइङ ११ मा एक परिवर्तन गरेको छ। फास्ट बलर सोमपाल कामीको स्थानमा करण केसी टिममा परेका छन्। यसअघि नामिबियासँग भएको खेल वर्षाका कारण नतिजाबिहीन हुँदा नेपाल र नामिबियाले अंक बाँडेका थिए।
लिगमा नेपाल पुछारबाट दोस्रो स्थानमा छ भने स्कटल्यान्ड शीर्ष दोस्रो स्थानमा छ।