शुक्रबार, वैशाख २६, २०८२

विश्वकपमा मेस्सीले तोडे म्याराडोनाको रेकर्ड

त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।
 |  आइतबार, मंसिर १८, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

vianetvianet

काठमाडौं- कतारमा जारी फिफा विश्वपको प्रि-क्वाटर फाइनलमा अष्ट्रेलिया विरुद्ध अर्जेन्टिनाले २-१ को जीत निकाल्दै क्वाटर फाइनलमा स्थान सुरक्षित गर्यो। त्यसै क्रममा टिमका लागी एक गोल गरेका अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले आफ्ना देशका लिजेन्ड खेलाडी डिएगो म्याराडोनाको किर्तीमान तोडेका छन्।

triton college

गत राती एक गोल गरेका मेस्सीले विश्वकपमा म्यारोडोनाको कुल गोलको संख्यालाई उछिनेका छन्। एक पटकका विश्वकप विजेता म्याराडोनाले विश्वकपमा कुल आठ गोल गर्दै अर्जेन्टिनाका लागी विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने दोस्रो खेलाडी बनेका थिए।

मेस्सीले जारी विश्वकपमा मेक्सिको विरुद्धको खेलमा गोल गर्दै म्याराडोनासंगको गोलसंख्या बराबरी गरेका थिए। शनिबार अष्ट्रेलिया विरुद्ध एक गोल गरेसंगै मेस्सीले अर्जेन्टिनाका लागी नौ गोल पुर्याएका छन्। अब मेस्सीले विश्वकपमा दुई गोल गरेको अवस्थामा उनी अर्जेन्टिनाबाट विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्ने छन्। अहिले ग्याब्रियल बाटिस्टुटा दश गोल गर्दै अर्जेन्टिनाका लागी विश्वकपमा सबैभन्दा धेरै गोल खेलाडी छन्।

सन् २००५ बाट अर्जेन्टिनाको टिम डेब्यु गरेका मेस्सी अर्जेन्टिनाका लागी सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन्। साथै ९४ गोल गरेका मेस्सी अर्जेन्टिनाका लागी अल टाइम टप स्कोरर पनि हुन्। उता डिएगो म्याराडोनाले ९४ खेल खेल्दै अर्जेन्टिनाका लागी ३४ गोल गरेका थिए।

प्रकाशित: Dec 04, 2022| 13:54 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।