शुक्रबार, कात्तिक २८, २०८२

विश्वकप लिग २: स्कटल्यान्डले जित्यो टस, नेपाल पहिले ब्याटिङमा

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्नेछ। लिग २ को छैटौं सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको अवसर पाएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्नेछ। लिग २ को छैटौं सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले टस हारेर पहिला ब्याटिङको अवसर पाएको छ। यता नेपालले सामना गर्न लागेको स्कटल्यान्डले टस जितेर फिल्डिङ रोजेको छ।

National life

त्यसैले अब नेपाली टिमले सुरुमा स्कटल्यान्डको बलिङ आक्रमणको सामना गर्नेछ। पछिल्लो नामिबियासँगको खेलको तुलनामा आजको खेलमा तीन खेलाडी परिवर्तन भएका छन्। प्रशिक्षक मनोज प्रभाकरको टिममा आज सोमपाल कामी, हरिशंकर शाह र नन्दन यादव छैनन्।

आजको खेलमा सोमपाल कामीको ठाउँमा करण केसीले स्थान पाएका छन्। त्यस्तै आजको खेलमा पहिलेको झैं अर्जुन साउँद र आरिफ शेख सुरुआति जोडीको रुपमा आउने सम्भावना छ।

त्यस्तै, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख र दिपेन्द्र सिंह ऐरी पनि नेपाली टिममा रहेका छन्। यसबाहेक कुशल भुर्तेल, गुल्सन झा पनि नेपालको प्लेइङ ११ मा रहने छन्।

नामिबियामा भइरहेको त्रिकोणात्मक शृंखलाअन्तर्गत दुई दिनअघिको पहिलो खेलमा नेपालले आयोजक टिमको सामना गरेको थियो। तर उक्त खेल पूरा हुन नसकेपछि दुवै टिमले अंक बाँडेका थिए। दोस्रो इनिङको चार बलपछि सुरु भएको वर्षा नरोकिएपछि दुवै टिमले अंक बाँडेका थिए।

Laxmi sunrise bank
kumari

लिग २ को तालिकाको छैटौं स्थानमा रहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ। यो सिरिजबाट नेपालले केहि अंक बटुल्न सके आउने खेलमा सहज हुनेछ। यता लिग दुईको शीर्षस्थानमा पुग्नका लागि संघर्ष गरिरहेको स्कटल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न पनि त्यति सहज भने छैन।

नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो १ः४५ बाट सुरु हुनेछ।

प्रकाशित: Dec 04, 2022| 13:42 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।