शनिबार, जेठ ३०, २०८३

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- सत्तारुढ दल नेकपा माओावादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ।

National life

दिउँसो २ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको हो। बैठकमा मंसिर ४ को निर्वाचनको समीक्षाका साथै अब बन्ने नयाँ सरकार निर्माणबारे छलफल हुने बताइएको छ।

शनिबार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकारमा जान सबै विकल्प खुला गरेको बताएको थियो। 

आजको बैठकले सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेरअघि बढ्ने भन्ने बारेमा छलफल हुनसक्ने एक नेताले बताए।

मंसिर ४ को निर्वाचनबाट माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ। उसले प्रत्यक्षतर्फ १७ सिट जितेको छ।

Shivam cement

प्रकाशित: Dec 04, 2022| 12:21 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...