शुक्रबार, कात्तिक २८, २०८२

विश्वकप लिग-२ मा नेपालले आज स्कटल्यान्डसँगै खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्नेछ। लिग २ अन्तर्गतको छैटौं सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्न लागेको हो।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज नेपालले स्कटल्यान्डको सामना गर्नेछ। लिग २ अन्तर्गतको छैटौं सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले स्कटल्यान्डको सामना गर्न लागेको हो।

National life

नामिबियामा भइरहेको त्रिकोणात्मक शृंखलाअन्तर्गत पहिलो खेलमा नेपालले आयोजक टिमको सामना गरेको थियो। तर उक्त खेल पुरा हुन नसकेपछि दुवै टिमले अंक बाँडेका थिए। दोस्रो इनिङको चार बलपछि सुरु भएको वर्षा नरोकिएपछि दुवै टिमले अंक बाँडेका थिए।

लिग २ को तालिकाको छैटौं स्थानमा रहेको नेपालका लागि यो सिरिज निकै महत्त्वपूर्ण छ। यो सिरिजबाट नेपालले केही अंक बटुल्न सके आउने खेलमा सहज हुनेछ। यता लिग दुईको शीर्षस्थानमा पुग्नका लागि संघर्ष गरिरहेको स्कटल्यान्डविरुद्ध नेपाललाई जित निकाल्न पनि त्यति सहज भने छैन।

यद्यपि नेपालले यसअघिको एक खेलमा जित निकालेको थियो।

हरेर सिरिजमा चार खेल खेल्नुपर्ने सिरिज नेपालले २०७६ को माघमा घरेलु मैदानमा खेलेर सुरु गरेको थियो। त्यसपछि नेपाले ओमन र अमेरिकाविरुद्ध तीन सिरिज सकेको छ। त्यसपछि नेपालले पिएनजी र यूएईविरुद्धको एउटा सिरिज पनि खेलेको थियो।

Laxmi sunrise bank
kumari

साथै नामिबिया र स्टकल्यान्डसँगैको यो दोस्रो सिरिज हो। नेपालले अझैँ तीनवटा सिरिज खेल्न बाँकी छ। तालिकाको पाँच टिमले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाउने आईसीसीको नियम रहेको छ। तर नेपाल अहिले छैटौं स्थानमा मात्र छ।

त्यसैले पनि नेपालका आउँदा सबै खेल उत्तिकै महत्त्वपूर्ण रहेका छन्। आजको खेलमा पनि नेपाल जितको लक्ष्यका साथ मैदान छिर्नेछ। यदि नेपालले आजको खेलमा जित निकाल्न सकेमा त्यो नेपालका लागि अर्को ठूलो उपलब्धि हुनेछ। किनभने नेपालको बरियाता १९औं स्थानमा छ भने विश्वकप समेत खेलिसकेको स्कटल्यान्ड १२औं स्थानमा छ।

आईसीसीको एकदिवसीय वरियतामा पनि लिग २ खेल्ने सात टिममध्ये नेपाल पपुवा न्युगिनीभन्दा अघि मात्रा रहेको छ। लिग २ को तालिकामा भने ४२ अंकका साथ स्कटल्यान्ड दोस्रो स्थानमा छ।

उसले आज जित निकालेको अवस्थामा शीर्षस्थानमा पुग्नेछ। किनभने नेट रन रेट पनि शीर्षस्थानको ओमनको भन्दा स्कटल्यान्डको धेरै रहेको छ। स्कटल्यान्डले २९ खेलमा ४२ अंक बनाउँदा ओमनले पुरा ३६ खेलमा ४४ अंक बनाएको हो।

लिगमा पुरा खेल खेलिसकेको अमेरिका ३५ अंकका साथ तेस्रो स्थानमा छ। ३३ अंक भएको नामिबिया भने चौथो स्थानमा छ। पाँचौँ स्थानको यूएईको २७ अंक रहेको छ। नेपाल यूएईभन्दा ९ अंकले पछि छ।

नेपाल र स्कटल्यान्डबीचको खेल दिउँसो १:४५ बाट सुरु हुनेछ।

प्रकाशित: Dec 04, 2022| 10:22 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।