शनिबार, कात्तिक २९, २०८२

अस्पतालबाट पेले भन्दैछन् : धेरै आशासँगै म बलियो बन्दैछु

ब्राजिललाई तीन पटक फुटबल विश्वकपको उपाधि दिलाएका पेले अहिले बिरामी भएर अस्पताल भर्ना भएका छन्। सधैँ विश्वकपमा अतिथि भएर आइरहने पेले यो वर्ष भने रंगशालामा उपस्थित हुन सकिरहेका छैनन्।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- ब्राजिललाई तीन पटक फुटबल विश्वकपको उपाधि दिलाएका पेले अहिले बिरामी भएर अस्पताल भर्ना भएका छन्। सधैँ विश्वकपमा अतिथि भएर आइरहने पेले यो वर्ष भने रंगशालामा उपस्थित हुन सकिरहेका छैनन्।

National life

ब्राजिली समर्थकले पछिल्लो खेलमा उनको सुस्वास्थ्यको कामना पनि गरेका थिए। त्यसपछि उनले साउ पाउलोस्थित अस्पतालबाट आफू स्वास्थ्य हुने आशावादी रहेको र आफू बलियो भएको प्रतिक्रिया दिएका छन्। 

शनिबार जारी गरिएको एक स्टेटमेन्टमा उनले सबै ब्राजिली समर्थक र उनका फ्यानहरूलाई उनले शक्ति दिने शैलीमा आफ्नो भनाई प्रस्तुत गरेका छन्। यसअघि उनलाई अस्पताल भर्ना गरिएको समयमा उनको ट्रिटमेन्ट भइरहेको र उनको स्वास्थ्य स्थिर रहेको बताइएको थियो।

त्यसपछि केमोथेरापीलाई नै उनको शरीरले रेस्पोन्ड गर्न नसकेपछि उनी मृत्युको मुखमा रहेको हल्ला फैलिएको थियो। ‘मेरा साथीहरू म सबैलाई सकारात्मक र शान्त हुनका लागि अनुरोध गर्दछु,’ उनले भनेका छन्, ‘म बलियो छु र धेरै आशावादी छु। म अहिले सदाझैँ उपचारको क्रममा नै छु। यो केयरका लागि म सबै मेडिकल र नर्सिङ टिमलाई धन्यवाद भन्न चाहन्छु।’

उनले अगाडि आफ्नो भविष्य अब भगवानको हातमा रहेको पनि बताएका छन्। तर विश्वभरिका समर्थकले गरेको प्रेमले आफूलाई शक्ति दिइरहेको उनको विश्वास छ। उनले ब्राजिलको विश्वकपको खेल हेरेको पनि जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

‘यी सबै कुराहरूका लागि धन्यवाद,’ स्टेटमेन्टमा भनिएको छ। तीन पटकका विश्वविजेता ८२ वर्षे पेले गएको मंगलबारबाट अस्पताल भर्ना भएका छन्। त्यस राति मासिक अस्पताल चेकपकपको रुटिनअनुसार गएको भनेका थिए।

अघिल्लो वर्षको सेप्टेसम्बरमा उनको कोलोनबाट ट्युमर निकालिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था खस्किँदो छ। अहिले उनको श्वासप्रश्वास पनि समस्या आएपछि त्यसको उपचार गरिएको छ। ‘श्वासप्रश्वासमा उपचारको राम्रो प्रभाव परेको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उनले भनेको कुरा लेखिएको छ, ‘केमोथेरापी उपचारको पनि पुनर्मुल्याङ्कन गरिएको छ।’

प्रकाशित: Dec 04, 2022| 09:57 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।