शुक्रबार, कात्तिक २, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कारागारबाटै 'ब्यालेट विद्रोह' गरेका रेशम चौधरीको सत्तारोहण सम्भावना कति?

Siddartha premir insuranceSiddartha premir insurance

कारागारबाटै 'ब्यालेट विद्रोह' गरेका रेशम चौधरीको सत्तारोहण सम्भावना कति?

रेशम चौधरीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म डिल्लीबजार कारागार पुगिसकेका छन्। उता प्रधानमन्त्री देउवाले पनि आफ्ना विश्वास पात्रमार्फत रेशमसँग संवाद बढाइरहेको स्रोतले जनाएको छ।
 |  आइतबार, मंसिर १८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

आइतबार, मंसिर १८, २०७९

काठमाडौं- आम चुनावको नतिजा अन्तिम चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा डाक्टर सिके राउत, रेशम चौधरी र रवि लामिछाने निकै चर्चामा छन्। पृथकतावादी बाटो त्यागेर आएका राउत, कारागारमै रहेर 'ब्यालेट' विद्रोह गरिरहेका चौधरी र छोटो समयमै राम्रो परिणाम ल्याउन सफल पूर्वपत्रकार लामिछानेले प्राप्त गरेको सफलताका कारण उनीहरू चर्चामा रहेका हुन्।

triton college

यसैबीच आगामी सरकार गठनमा उनीहरूको भूमिका कस्तो रहला भन्ने आम चासोको विषय बन्न पुगेको छ। यसभन्दा अगाडि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुख्य राजनीतिक परिदृश्यमा देखिने भए पनि अब यी नवोदित राजनीतिक दलको भूमिका पनि निर्णायक हुने देखिएको छ।

यससँगै ठूला दलका शीर्ष नेताहरूले नवोदित राजनीतिक दलका शीर्ष नेताहरूलाई भेटेर सत्ता समीकरणका बारेमा छलफल गरिरहेका छन्। टीकापुरमा २०७२ भदौ ७ गते घटेको हिंसात्मक घटनाको योजनाकारका रूपमा जेल सजाय भोगिरहेका छन् चौधरी। उक्त घटनामा घरेलु हतियासहित निस्किएका आन्दोलनकारीले ८ सुरक्षाकर्मी र डेढ वर्षका एक नाबालकको निर्मम हत्या गरेका थिए। 

रेशम चौधरीलाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसम्म डिल्लीबजार कारागार पुगिसकेका छन्। उता प्रधानमन्त्री देउवाले पनि आफ्ना विश्वास पात्रमार्फत रेशमसँग संवाद बढाइरहेको स्रोतले जनाएको छ।

चौधरीले जेलमा बसेरै श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन गरेको नागरिक उन्मुक्ति पार्टीलाई पश्चिम तराईको कैलाली र बर्दिया जिल्लामा स्थानीय तह हुँदै प्रतिनिधिसभा र प्रदेशसभामा पनि राम्रै सफलता दिलाइसकेका छन्। प्रत्यक्षतर्फ चार सांसद (स्वतन्त्रबाट जितेका रेशमका बुबा लालवीर चौधरीसहित) जिताएर उनले एक वर्ष पनि नपुगेको पार्टीलाई संसदीय खेलको हिस्सेदार बनाएका छन्।

Metro Mart
vianet

प्रकाशित: Dec 04, 2022| 10:35 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...