धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा सोमबार दिउँसो ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ।
बुढीतोलाबाट अत्तरीयातर्फ आउँदै गरेको से १ त ८९२२ नम्बरको ट्रयाक्टर करिब साढे चार बजे पल्टिँदा ट्रलिले च्यापिएर गोदावरी नगरपालिका-२ तेघरीका २२ बर्षिय कविराज जोशीको मृत्यू गएको हो।
ट्रलिमा बसेका जोशीको घटनास्थलमै मृत्यू भएको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
प्रहरीका अनुसार दुर्घटना पछि चालक फरार छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४