शुक्रबार, साउन १, २०८३

मकैबारीमा मृत भेटिए प्रहरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा एक जना प्रहरी जवान मकैबारीमा मृत भेटिएका छन्। जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान अमरबहादुर बोहोरा सोमबार मकैबारीमा मृत अवस्थामा भेटिएका हुन्। 

गुर्भाकोट नगरपालिका-१२ तिकुनेको मकै बारीमा बोहोर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

तिकुनेमै घर भएका बोहोराको घरदेखि एकसय मिटर टाढाको मकैबारीमा मृत अवस्था फेला परेको प्रहरी चौकी मेहलकुनाका सई सर्वोजित बोलेलीले जानकारी दिए। 

‘बोहोराको अनुहारमा निलो डाम जस्तो देखिन्छ तर शरीरका अन्य भागमा कहीँ कतै चोटपकट छैन्’, उनले भने ‘घटनाबारे केही भन्न सकिन्न।’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी बसन्त रजौरेले घटनाबारे अनुसन्धान भैरहको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।