मंगलबार, पुस २९, २०८२

सकियो न्वागी मेला : भलिबलको उपाधि कालिकालाई

मङ्सिर १० गतेदेखि सुरु भएकोे न्वागी मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा बडिगाड–६ छिसफाटलाई २५–१९, १७–२५, २५–२३, २२–२५ र १६–१४ को सेटमा पराजित गर्दै कालिकाले उपाधि जितेको हो।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

बागलुङ- बागलुङको बडिगाड गाउँपालिकामा जारी प्रसिद्ध न्वागी मेला सकिएको छ। मेलामा आयोजना गरिएको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिताको उपाधि कालिका ट्रेनिङ सेन्टर वामी गुल्मीले जितेको छ।

National life

मङ्सिर १० गतेदेखि सुरु भएकोे न्वागी मेलामा आयोजना गरिएको भलिबल प्रतियोगितामा बडिगाड–६ छिसफाटलाई २५–१९, १७–२५, २५–२३, २२–२५ र १६–१४ को सेटमा पराजित गर्दै कालिकाले उपाधि जितेको हो। 

कालिका टे«निङ सेन्टर वामीले एक लाख ११ हजार १११, कप मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेता बडिगाड–६ छिसफाटले ८८ हजार आठ सय ८८ कम मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

वेष्ट सर्भरमा छिसफाटका सुनिल घर्तीमगर, वेष्ट लिफ्टरमा कालिकाका सुजन चोखाल र वेष्ट स्पाइकरमा छिसफाटका विजय थापा मगर पुरस्कृत भए। 

कालिका टे«निङ सेन्टर वामीबाट गण्डकी प्रदेशको सेट टिम र बडिगाड–६ छिसफाटबाट विभागीय टिम सशस्त्र प्रहरी बलका खेलाडी प्रतियोगितामा सहभागी भएका थिए। खेलका अफिसियल संयोजक एवं राष्ट्रिय रफ्री महेन्द्र शेरचनले वेष्ट बलरमा कालिकाका हरि पाण्डे, वेष्ट लिब्रोमा छिसफाटका विनोद चन्द र वेष्ट पेलेरमा कालिकाकै घनश्याम चौधरी पुरस्कृत भएकाे जानकारी दिए।

Laxmi sunrise bank
kumari

यस्तै आयोजक पौंदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिले यस वर्ष लोकभजन गायन तथा नृत्य प्रतियोगितासँगै हाँस्यव्यङ्गय प्रतियोगिता भने पहिलोपटक आयोजना गरेको थियो।

जसले यस वर्ष मेला झन् रोचक बनेको थियो। संस्कृति संरक्षणका लागि लोकभजन र स्थानीय प्रतिभाको सम्मानका लागि यस वर्ष उक्त प्रतियोगिता सञ्चालन गरिएको समितिका सहसचिव टीकाबहादुर पाइजाले बताए। 

‘पछिल्लो समय युवापुस्ताले नयाँ गीत–सङ्गीतमा चासो राखे तापनि भजनमा खासै चासो नदिएकाले उनीहरुलाई भजनमा लाग्न केही भए पनि प्ररेणा मिलोस् भन्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो’, उनले भने, ‘अन्य विधामा जस्तै हाँस्य विधामा पनि स्थानीय कलाकारको हौसलाको लागि हाँस्य प्रतियोगिता पनि आयोजना गरेका हौँ।’ रासस

प्रकाशित: Dec 03, 2022| 20:49 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।