काठमाडौ- उदयपुर कटारी नगरपालीका-१४ स्थित घुर्मी बजार नजिकै जिप दुर्घटना हुँदा दुर्इ जना अष्ट्रेलियन नगरिकको मृत्यु भएको छ।
घटनामा ज्यान गुमाउनेमा कि हुसे कान्त र उनकी श्रीमती रहेका छन्। घटनामा अन्य ८ जना घाईते भएका छन्।
काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको ना १ ज ८९६९ नम्बरको टाटा सुमो अनियन्त्रीत भई १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कटारीले जनाएको छ।
जिपमा सवार काठमाडौ बागेश्वरीका २१ बर्षिय मनोज रोक्का सोलोखुम्बु नेले-२ का १४ बर्षिय सुजन बस्नेत तथा ४५ बर्षिय ईन्द्र बस्नेत, सरस्वती बस्नेत, ओखलढुङ्ग सिरीचौर-७ का सुमो चालक २८ बर्षिय लोकबहादुर तामाङ तथा चाल्साका ५९ बर्षिय याङ्छी शेर्पा, बारा कलैया-१९ का २८ बर्षिय अर्जुन कुमार पाण्डे अष्ट्रेलियन नागरिक ७७ बर्षिय हुसेक रुडाल गम्भीर घाईते भएका छन्।
घाईतेको थप उपचारको लागी काठमाडौं ल्याइँदै गरेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४