शुक्रबार, साउन १, २०८३

मोती जयन्तीको अवसरमा स्रष्टालाई सम्मान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- नेपाली साहित्यका उज्जवल नक्षेत्र मोतीराम भट्टको १५३ औं जयन्तीको अवसरमा रुपन्देहीमा साहित्यिक स्रष्टा तथा गायककारलाई सम्मान गरिएको छ।

सिर्जनशील साहित्यिक समाज रुपन्देहीको आयोजना तथा लिस्नो साहित्य समाज युसीएमएस भैरहवाको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ समालोचक क्रृषी आजद, गायककारहरु मोहमम्द वारिस खान, नीपा क्षेत्री र दुर्गा विश्वकर्मा, र गजलकार राजकुमार भुजेललाई सम्मान गरिएको आयोजक संस्थाका पुर्व अध्यक्ष सुभाष रिजालले जानकारी दिए।
 
वरिष्ठ साहित्यकार डा शिवप्रसाद पौडेलको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष शशि पन्थिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  साहित्यकारहरु दुर्गा पौडेल, डा श्याम न्यौपाने, मदनलाल पौडेल, सुरज घिमिरे दिपशीखा लगायतको आतिथ्यता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।