मंगलबार, फागुन १९, २०८२

लियोनेल मेस्सीको एक हजारौं खेल पूरा हुँदै

अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैगर्दा अर्जेन्टिनाका टिम कप्तान लियोनेल मेस्सीको लागि अर्को विशेष क्षण पनि हुनेछ।
 |  शनिबार, मंसिर १७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १७, २०७९

काठमाडौं- अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैगर्दा अर्जेन्टिनाका टिम कप्तान लियोनेल मेस्सीको लागि अर्को विशेष क्षण पनि हुनेछ। किनकि मेस्सीको आज रातिको खेल उनको खेल जीवनको एक हजार खेल हो। 

उनी आफ्नो ऐतिहासिक क्षणमा टिमलाई जिताउँदै क्वाटर फाइनलको यात्रा सुनिश्चित गर्न चाहन्छन्। सन् २००५ बाट अर्जेन्टिनाको टिममा डेब्यू गरेका मेस्सीले कतार विश्वकप आफ्नो अन्तिम विश्वकप रहेको यसअघिनै बताइसकेका छन्।

मेस्सीले व्यावसायिक फुटबलमा स्पेनिस क्लब बार्सिलोनाका लागी ७ सय ७८ खेल खेलेका छन्। त्यस्तै उनले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन्ट पिएसजीका लागी ५३ खेल खेलेका छन्। उनले अर्जेन्टिनाको जर्सिमा १ सय ६८ खेल खेलिसकेका छन्। यी खेलका दौरान उनले ९३ गोल गरिसकेका छन्। 

उनी अर्जेन्टिना र बार्सिलोनाको अल टाइम टपस्कोररसमेत हुन्। मेस्सीले ९ सय ९९ खेल खेल्दा ७ सय ८८ गोल र ३ सय ४८ अशिष्ट गरेका छन्। उनी सर्वाधिक सातपटकका वालोन डी ओर र छ पटकका युरोपियन गोल्डेन बुट विजेता पनि हुन्।

प्रकाशित: Dec 03, 2022| 11:05 शनिबार, मंसिर १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।