शनिबार, कात्तिक २९, २०८२

पारा तेक्वान्दो टोलीको बिदाइ

विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर पाउँछन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीको शुक्रबार बिदाइ गरेको छ। डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगिताका लागि खेलाडी बिदाइ गरिएको राखेपले जनाएको छ।

National life

प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। के–४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोवद्र्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्नेछन्। प्रशिक्षकमा इन्टरनेसनल लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन्।

पेरिस पारा ओलम्पिकका लागि ¥याङकिङ प्रतियोगितासमेत भएकाले प्रतियोगिता महत्त्वपूर्ण रहेको लामाले बताए। विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर पाउँछन्। 

विश्व वरीयतामा पलेशा १०औं र सिर्जना १४औं स्थानमा छन्। प्रशिक्षक लामाका अनुसार आफ्नो तौल समूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सीधै खेल्न पाउने प्रावधान छ।

अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले ३ तथा सिर्जनाले २ पदक जितेका छन्। प्रशिक्षक लामाले अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरिएको बताए।

Laxmi sunrise bank
kumari

प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ। १० डिसेम्बरमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष/महिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिनेछ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरे। टोली सोमबार रियाद प्रस्थान गर्नेछ।

प्रकाशित: Dec 02, 2022| 14:36 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।