काठमाडौं- काठमाडौंबाट विराटनगरकालागि उडेको सौर्य एयरको ९-एन एएमई ७२१ जहाजमा चिल ठोक्किदा विमानमा क्षति पुगेको छ। विमानमा चिल ठोक्किीएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले नेपाल समयलाई जानकारी गराएका छन्।
बिहान ७.४५ बजे त्रिभुवन विमान स्थलबाट उडेको विमानमा विराटनगर पुग्नै लाग्दा चिल ठोक्किएको हो।
चिल ठोक्किदा विमानको ईन्जीनमा क्षति पुगेको छ। विमाना क्याप्टेन अभिषेष राई सहित चालक दलका चार जनासहित ५२ जना सवार रहेको सौर्य एयरले जनाएको छ।
ठुलो दुर्घटनाबाट बचेको विमानमा ईन्जीनले काम नगरे पछि विराटनगर विमानस्थलमा ग्राउण्डेड भएको छ भने विमानको क्षतिबारे छानबिन गर्न प्राविधीक टोली विराटनगर पुगेको सौर्य एयरलाइन्सकी बजार व्यवस्थापक मुकेश खनालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४