शुक्रबार, कात्तिक २८, २०८२

शुक्रबारबाट सकिँदै विश्वकप समूह चरणका खेल, दबाबमा उरुग्वे

समूह चरण सकिँदै गर्दा बलिया टोली जर्मनी, बेल्जियम, मेक्सिको, वेल्स, डेनमार्क प्रतियोगिताबाट बाहिरिइसकेका छन्।
 |  शुक्रबार, मंसिर १६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा शुक्रबारबाट समूह चरणका खेल सकिँदै छन्। आज समूह ‘जी’ र ‘एच’का चार खेल हुँदै छन्। 

National life

आज हुने खेलमा समूह ‘एच’अन्तर्गत दक्षिण कोरियाले पोर्चुगलसँग भिड्दैछ। यी दुई टोलीबीचको खेल राती ८–४५ बजे एडुकेसन सिटी रंगशालामा हुनेछ। पोर्चुगल लगातार दुई जितका साथ नकआउट चरणमा पुगिसकेको छ। 

कोरिया पहिलो खेलमा पराजित भएको थियो भने दोस्रो खेल बराबरी खेलेको थियो। उसको दुई खेलबाट एक अंक मात्र रहेको छ। नकआउट चरणमका पुग्न कोरियालाई आजको खेल जित्नैपर्ने दबाब छ।

त्यस्तै, समूह ‘एच’अन्तर्गतकै अर्को खेलमा घाना र उरुग्वे भिड्दै छन्। यी दुईबीचको खेल अल जनौव रंगशाला राती ८–४५ बजे सुरु हुनेछ। यो खेल हुँदै गर्दा उरुग्वे सबैभन्दा धेरै दबाबमा हुनेछ। किनकि, आजको खेल उसले बराबरी मात्रै खेल्यो भने पनि नकआउट चरणको ढोका बन्द हुनेछ। त्यसैले उसलाई आजको खेल जित्नैपर्ने दबाब छ।

दुई खेल खेल्दा पनि जितविहीन रहेको उरुग्वे एकमा पराजित र एकमा बराबरी खेलेको छ। एता, घाना भने सहज अवस्थामा छ। दुई खेलमध्ये एकमा जित र एकमा हारका साथ तीन अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ। घानाका लागी अन्य टिमको नतिजा आफू अनुकूल आएको अवस्थामा उरुग्वेसँग बराबरी खेले पनि नकआउट चरणमा पुग्न पर्याप्त हुनेछ।

Laxmi sunrise bank
kumari

अर्को खेलमा समूह ‘जी’अन्तर्गत सर्बियाले स्विट्जरल्यान्डको सामना गर्दै छ। यी दुईबीचको खेल ९७४ रंगशालामा राती १२–४५ बजे सुरु हुनेछ। जितविहीन सर्बियालाई अन्तिम १६ मा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ। पहिलो खेलमा पराजित भएको सर्बिया दोस्रो खेलमा बराबरी खेलेको थियो। सर्बिया एक अंकका साथ समूहको पुच्छरमा छ।

उता, स्विट्जरल्यान्डले पहिलो खेलमा जित निकालेको थियो भने दोस्रो खेलमा पराजित भएको थियो। उसको तीन अंक रहेको छ भने समूहको दोस्रो स्थानमा छ। स्विट्जरल्यान्ड आजको खेलमा आफू अनुकूल नतिजा आएको अवस्थामा बराबरीको नतिजाले पनि नकआउट चरणमा पुग्नेछ।

त्यस्तै, समूह ‘जी’अन्तर्गतकै अन्तिम खेलमा क्यामरुनले बलियो टोली ब्राजिलको सामना गर्दै छ। यी दुईबीचको खेल लुसेल रंगशाला रंगशालामा राती १२–४५ बजे सुरु हुनेछ। दुवै खेल जितेर नकआउट चरणमा पुगिसकेको ब्राजिललाई आजको खेलले समूहको विजेता बन्ने कि उपविजेता भन्ने कुराको छिनोफानो लगाउनेछ। 

क्यामरुनलाई भने नकआउट चरणमा पुग्न  आजको खेल जित्नैपर्ने दबाब हुनेछ। क्यामरुनलाई बराबरीको नतिजाले पनि पर्याप्त हुने छैन। अहिलेसम्म जितविहीन रहेको क्यामरुनको एक खेलमा बराबरी र एक खेलमा पराजितको नतिजाले एक अंक मात्रै छ भने  समूहको तेस्रो स्थानमा रहेको छ। 

यो खेल हँुदै गर्दा ब्राजिलका मुख्य खेलाडी नेइमार चोटका कारण मैदान बाहिर हुनेछन्। सर्बियाविरुद्धको पहिलो खेलको क्रममा खुट्टाको जोर्नीमा चोट लागेपछि उनले केही खेल गुमाउने निश्चित भएको थियो।

यी चार खेल सकिएपछि आजबाट समूह चरणका खेल समाप्त हुनेछन्। अन्तिम १६ का खेल डिसेम्बर ३ अर्थात भोलिबाटै सुरु हुनेछन्। प्रतियोगिताको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ।

समूह चरण सकिँदै गर्दा बलिया टोली जर्मनी, बेल्जियम, मेक्सिको, वेल्स, डेनमार्क प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

प्रकाशित: Dec 02, 2022| 11:31 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।