मंगलबार, पुस २९, २०८२

फेरिएको टिमलाई एकदिवसीय मान्यता जोगाउने जिम्मेवारी

यसरी नेपाली टिमले प्रशिक्षकै पिच्छे फरक खेल अभ्यास गरिहेकाले नेपाली टिममा बदलाव पनि छ। त्यसैले आजबाट नेपाली टिमको नयाँ परीक्षा सुरु हुँदैछ।
 |  शुक्रबार, मंसिर १६, २०७९

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, मंसिर १६, २०७९

काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आज शुक्रबार नेपालले नामिबियाको सामना गर्दैछ। नामिबियामा हिजो (डिसेम्बर १) बाट सुरु भएको खेलमा नेपालले आज पहिलो खेल खेल्न लागेको हो।

National life

पहिलो खेलमा नै नेपालले आयोजकको सामना गर्दैछ। दिउँसो साढे १ बजेबाट सुरु हुने खेलमा नेपालले लिग २ को १४ औं खेल खेल्नेछ। यो सिरिज नेपाली टिमका लागि धेरै महत्वपूर्ण छ, किनभने अन्तिम चरणमा आएको लिगको पुछारबाट दोस्रो स्थानमा छ नेपाल। शीर्षस्थानको ओमनले सबै (३६) खेल खेलिसक्दा नेपालले भने १४ खेलमात्र खेल्न सकेको छ।

त्यसैले नेपालले अब सिरिजका सबै खेल खेल्न सक्ने अवस्था पनि छैन। यता नेपाली टिममा आज रोहित पौडेलले पहिलो पटक लिग २ मा कप्तानी गर्नेछन्। कप्तानका रुपमा यूएईविरुद्ध डेब्यु गरेका उनले आजबाट लिग २ पनि डेब्यु गर्नेछन्। यससँगै जारी लिग २ मै कप्तानी गर्ने नेपाली खेलाडीको संख्या दुई पुगेको छ।

लिग सुरु भएको चार महिनापछि घरेलु मैदानमा खेल्न पाएको नेपालको पहिलो सिरिजमा ज्ञानेन्द्र मल्लले कप्तानी गरेका थिए। बीचमा नेपाली टिमको कप्तान सन्दीप लामिछाने बने। अहिले रोहित पौडेल नेपाली टिमको कप्तान छन्।

‘अहिले टिमको अवस्था सन्तुलित छ। मलाई सबै खेलाडी र स्टाफले सपोर्ट गरिरहेका छन्,’ घरेलु मैदानमा भएको सिरिज सकिएपछि रोहितले भनेका थिए। यो सिरिजको पहिलो खेलमा अर्जुन साउदले अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरे। उनी प्रशिक्षक मनोज प्रभाकरको योजनामा लगातार पर्न थालेका छन्। ‘समय दिएर नै खेलाडीहरुमा राम्रो बेस बनाउन खोजिरहेको छु। आशिफ र अर्जुन राम्रो खेलिरहेका छन् र उनीहरु पनि सिक्न खोजिरहेका छन्,’ ओपनिङ पार्टनरसिपबारेको प्रश्नमा प्रशिक्षक मनोज प्रभाकरको जवाफ छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 02, 2022| 08:16 शुक्रबार, मंसिर १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।