शनिबार, कात्तिक २९, २०८२

यू-१९ क्रिकेटमा गण्डकी र लुम्बिनीको जित

पाचौँ खेलमा गण्डकीले पहिलो जित हात पारेको हो। गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गरेको छ।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं- काठमाडौंको कीर्तिपुर र मूलपानी क्रिकेट मैदानमा जारी-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज गण्डकी र लुम्बिनी प्रदेशले जित हात पारेका छन्। 

National life

पाचौँ खेलमा गण्डकीले पहिलो जित हात पारेको हो। गण्डकीले कर्णालीलाई १०९ रनले पराजित गरेको छ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकीले जितका लागि दिएको २३५ रनको लक्ष्य पछ्याएको कर्णाली ३० ओभरमा अलआउट हुँदै १२५ रनमा समेटियो।

५ खेलमा २ अंकसहित गण्डकीले आजको खेलमा पहिलो अंक जोडेको छ। २ अंकसहित गण्डकी पाँचौं स्थानमा उक्लिएको छ।

कर्णाली ५ खेलमा १ जित तथा ४ हारका साथ २ अंक सहित अंक तालिकाको छैठौं स्थानमा रहेको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै अर्को खेलमा प्रदेश १ विरुद्ध लुम्बिनीले जित निकाल्दा प्रदेश-१ प्रतियोगिताबाट बाहिरिएको छ।

त्रिवि क्रिकेट मैदानमा बिहीबार लुम्बिनी प्रदेशसँग पराजित हुँदै प्रदेश-१ बाहिरिएको हो। लुम्बिनीले लगातार चौंथो जित निकाल्ने क्रममा प्रदेश-१ लाई ६ विकेटले पराजित गर्‍यो।

प्रकाशित: Dec 01, 2022| 17:44 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।