शुक्रबार, साउन १, २०८३

वामदेवलाई बाँके-३, अहिलेसम्मकै ‘डेन्जर जोन’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेकपामा वामदेव गौतमलाई सांसद बनाउन चुनाव लड्न उकास्ने को हो भनेर अनेक खोजी भएको छ। उनले कहिले डोल्पा, कहिले रुकुमबाट चुनाव लड्ने चर्चा व्यापक भएको छ। कतिपय विषय अति प्रचारले पनि बिग्रने गरेका छन्। भनिन्छ, धेरै खाए चिनी पनि तीतो हुन्छ।

नेकपाका सचिवालय सदस्य गौतमको चुनाव लडेर सांसद बन्ने चर्चा पनि चिनी तीतो भएजस्तै बनेको छ। कुनै एक क्षेत्रमा निर्णय गरेर अगाडि बढेको भए गौतमको लोकप्रियतामाथि प्रश्न आउने थिएन। तर, जति यो प्रचार बढ्दै गएको छ, गौतमको लोकप्रियता पनि त्यति नै ओरालो लाग्दै गएको छ।

बाँके-३ मा किन लाग्यो गौतमको आँखा?

डोल्पाका सांसद धनबहादुर बुढालाई राजिनामा गराएर चुनाव लड्न चाहन्थे, गौतम। तर, डोल्पाका नेकपा नेता/कार्यकर्ता त्यसको विरोधमा उत्रिएपछि उनी ‘ब्याक’ भए। १५ भदौमा बुढाले राजिनामा दिएर उपचुनाव गराउने सोचमा थिए, उनी। तर, कार्यकर्ताको व्यापक विरोधपछि गौतम थन्किएका थिए। केही समय चुप लागेका उनको आँखा बाँके-३ मा पर्यो। 

सोझा, इमानदार र त्यस क्षेत्रका लोकप्रिय सांसद नन्दलाल रोकायालाई राजिनामा गराउन नेकपाको शीर्ष तहबाट ठूलै दबाब परेको थियो। तर, रोकायाले नेताहरूको दबाबलाई ठाडै अस्वीकार गरेका छन्। उनलाई राजिनामा गराउने प्रयास भने जारी रहेको एक स्थायी समिति सदस्यले बताए।

यसअघि गौतमले हारेको बर्दिया-१ सँग जोडिन्छ, बाँके-३। दुई क्षेत्रलाई मानखोलाले छुट्याएको छ। यस क्षेत्रमा कोहलपुर नगरपालिका तथा जानकी, खजुरा र बैजनाथपुर गाउँपालिका पर्छन्। यस क्षेत्रमा थारूको जनसंख्या सबैभन्दा बढी छ भने त्यसपछि पहाडी र मधेशी समुदाय छन्।

प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन एमालेका रोकायाले ३१ हजार ६ सय एक मत प्राप्त गरी विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बादशाह कुर्मीले २६ हजार एक सय १७ मत प्राप्त गरेका थिए। यो अन्तर पाँच हजार चार सय ८४ को हो।

एमाले बाँकेको अध्यक्षसमेत भइसकेका नेता हुन्, रोकाया। ०४८ सालअघि उनी माक्र्सवादी पार्टीमा थिए। पार्टी एकीकरण भएपछि उनी एमालेको जिल्ला तहमा काम गर्दै आएका थिए। र, खजुरा गाउँपालिकाका स्थायी बासिन्दा हुन्। उनले जनप्रतिनिधिको हैसियतमा पार्टीको टिकट पाएको र जितेको यो नै पहिलो हो।

गौतमलाई हराउन बर्दियाबाट मानखोला तर्ने तयारी

गौतमले यसअघि चुनाव जितेर आफ्नो क्षेत्रमा नफर्केको गुनासो बर्दिया-१ का नेता/कार्यकर्ताको छ। ०७४ सालको प्रतिनिधिसभाको चुनावमा तत्कालीन एमाले र माओवादीका मत जोड्दा३४ हजार अन्तरले जित्ने अनुमान गरिएको थियो। तर, चार सय मतान्तरले गौतमले हारे।

यो सबै अन्तरघातको मत नभएको एक स्थानीय विश्लेषकको टिप्पणी छ। उनका अनुसार अन्तरघातमा २/४ सय मत फरक परे पनि त्यत्रो धेरै मत गौतमलाई नजानुमा उनको अलोकप्रियता नै जिम्मेवार भएको उनको तर्क छ।

यदि गौतमले यस क्षेत्रबाट नन्दलाललाई राजिनामा गराएर चुनाव लडे भने गौतमसँगै रोकायाको पनि राजनीति धरापमा पर्ने जोखिम छ। एक स्थानीयवासीका अनुसार बाँके-३ मा गौतमले कुनै हालतमा पनि चुनाव जित्न सक्ने छैनन्।

चुनाव हारेर पाँच वर्ष पनि धैर्य गर्न नसक्ने पदलोलुप नेताका रूपमा चित्रण गरिनेछ, गौतमलाई। त्यसपछि गौतमविरुद्धको ‘सेन्टिमेन्ट’ चुनावमा आउन सक्छ। ती विश्लेषकका अनुसार त्यस क्षेत्रमा तत्कालीन एमाले र कांग्रेसको मतान्तर एकदमै कम छ।

त्यसमाथि मानखोला पारि बर्दिया-१ मा गएको चुनावमा गौतमलाई हराउन जो जो सक्रिय भए, ती सबै बाँके-३ तर्नेछन्। अहिलेसम्म गौतमले चुनाव लड्ने आँट गरेका क्षेत्रमध्ये यो नै सबैभन्दा जोखिमपूर्ण हो। यदि चुनाव लडे भने नन्दलाल र वामदेव दुवैको राजनीति एकैसाथ बली चढ्ने खतरा रहेको स्थानीय मतदाताहरू बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।