मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालविरुद्ध डेब्यु गरेका च्याम्पमेन तेस्रो विश्वकप न्युजिल्यान्डबाट खेल्दै

नेपालविरुद्ध डेब्यु गरेका च्याम्पमेन तेस्रो विश्वकप न्युजिल्यान्डबाट खेल्दै

आगामी अक्टोबर–नोभेम्बरमा हुने आईसीसी टी–२० क्रिकेट विश्वकपको लागि न्युजिल्यान्डले राष्ट्रिय टोली घोषणा गरेको छ।
 |  मंगलबार, साउन २६, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २६, २०७८

काठमाडौं– आगामी अक्टोबर–नोभेम्बरमा हुने आईसीसी टी–२० क्रिकेट विश्वकपको लागि न्युजिल्यान्डले राष्ट्रिय टोली घोषणा गरेको छ। सो टिममा पछिल्लो दुई विश्वकप हङकङबाट खेलेका मार्क च्याम्पमेन पनि सामेल छन्।

National life

सन् २०१४ र २०१६ को विश्वकपमा हङकङको प्रतिनिधित्व गरेका च्याम्पिमने अहिले न्युजिल्यान्डको १५ खेलाडीको टिममा स्थान बनाएका छन्। उनले २०१४ को विश्वकप अन्तर्गत मार्च १६ को खेलमा नेपालविरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

शक्ति गौचन प्लेयर अफ दि म्याच बनेको त्यो खेलमा च्याम्पमेनले १२ बलमा १३ रन बनाएपछि वसन्त रेग्मीको बलबाट आउट भएका थिए। उनले अन्तर्राष्ट्रिय डेब्यु गरेको खेलमा नेपालले ८० रनको जित निकालेको थियो।

च्याम्पमेनले स्थान बनाएको विश्वकपको टिममा न्युजिल्यान्ड क्रिकेट टोलीका नियमित सदस्य रोस टेलर, कोलिन डि ग्राण्डहोम र फिन एल्लन भने लागि छनोट भएनन्। त्यस्तै, ३४ वर्षे लेगस्पिनर टोड एस्टल बाँकी दुई स्पिनरसँगै टिममा परेका छन्। लेगस्पिनर इश सोधि र आर्म स्पिनिङ अलराउन्डर मिचेल सन्टनर पनि टिममा छन्।

त्यसबाहेक तिव्र गतिका बलर एडम मिल्नी पनि टिममा परेका छन्। तर उनी इन्ज्युरी रिप्लेसमेन्टको हिसाबले मात्र टिममा सहभागी बन्नेछन्। यता ओपनर कोलिन मुन्द्रोले भने टिममा स्थान बनाउन सकेनन्।

Laxmi sunrise bank
kumari

चार तिब्र गतिका बलर ट्रेन्ट बोल्ट, टिम साउथी, केलिय जयमसन र लकी फग्र्युसन भने स्क्वाडको फ्रन्टलाइन बलरका रुपमा रहनेछन्। साउथीबाहेक तीन खेलाडी भने आईपीइलमा हुनेछन्।

र, त्यहि टिमले टी–२० आईका लागि इन्डिया भ्रमण गर्ने न्युजिल्यान्ड क्रिकेट बोर्डले जनाएको छ।

यता न्युजिल्यान्डका धेरै खेलाडी इन्डियन प्रिमियर लिग आईपीएलमा पनि सामेल छन्। बोल्ट मुम्बइको अट्याकमा हुनेछन्, जमयसन बैंगलोर र फग्र्युसन कोलकत्ताबाट खेल्नेछन्।

यस्तो छ न्युजिल्यान्डको टिमः

डेभोन कन्वे, मार्टिन गुप्टिल, केन विलियम्सन (कप्तान), ग्लेन फिलिप्स, टिम सेफर्ट (विकेटकिपर), मार्क च्याम्पमेन, जिम्मी निशम, माइकल सन्टनर, इश सोधि, केलियन जमयसन, ट्रेन्ट बोल्ट, लकी फग्र्युसन, टिम साउथी, टोड एस्टल, ड्राल मिचेल र एडम मिल्न

प्रकाशित: Aug 10, 2021| 12:13 मंगलबार, साउन २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।