शनिबार, कात्तिक २९, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • विश्वकपमा आज समूह ‘ई’ र ‘एफ’का अन्तिम चार खेल हुँदै, दबाबमा जर्मनी र बेल्जियम

विश्वकपमा आज समूह ‘ई’ र ‘एफ’का अन्तिम चार खेल हुँदै, दबाबमा जर्मनी र बेल्जियम

आज हुने खेलमा समूह ‘एफ’ मा रहेको क्रोएसियाले बेल्जियमको सामना गर्दै छ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती ८–४५ बजे अहमिद बिन अलि रंगशालामा हुनेछ। क्रोएसिया साविक विश्व उपविजेतासमेत हो।
 |  बिहीबार, मंसिर १५, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १५, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकपको समूह चरणअन्तर्गत बिहीबार समूह ‘ई’ र ‘एफ’का अन्तिम चार खेल हुँदै छन्। 

National life

आज हुने खेलमा समूह ‘एफ’ मा रहेको क्रोएसियाले बेल्जियमको सामना गर्दै छ। यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार राती ८–४५ बजे अहमिद बिन अलि रंगशालामा हुनेछ। क्रोएसिया साविक विश्व उपविजेतासमेत हो। 

यो खेल हँुदै गर्दा बेल्जियम पूर्ण दबाबमा हुनेछ। दुई खेलमध्ये एकमा पराजित र एकमा विजयी बेल्जियमको तीन अंक छ। ऊ समूहको तेस्रो स्थानमा रहेको छ। 

उता, क्रोएसिया अपराजित छ। उसले पहिलो र दोस्रो खेल बराबरी खेलेको थियो। नकआउट चरणमा पुग्न क्रोएसियालाई आजको खेल बराबरी मात्रै गरे पनि पर्याप्त हुनेछ। तर बेल्जियमलाई नकआउट चरणमा पुग्न आजको खेल जित्नैपर्ने बाध्यता छ।

त्यस्तै, समूह ‘एफ’अन्तर्गतकै अर्को खेलमा क्यानडाले मोरक्कोविरुद्ध खेल्दै छ। यी दुईबीचको खेल नेपाली समयअनुसार राती ८–४५ बजे अल थुमाना रंगशाला सुरु हुनेछ। 

Laxmi sunrise bank
kumari

क्यानडमा प्रतियोगिताबाट बाहिरिसकेको टिम हो। मोरक्कोको नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ। आजको खेल जिते मोरक्को समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने मौका छ। 

यसअघिको खेलमा मोरक्कोले बलियो टोली बेल्जियमलाई २–० गोल अन्तरले जित निकालेको थियो। दुवै खेलमा पराजित क्यानडा अंकविहीन छ। त्यस्तै, अपराजित मोरक्को पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा जित निकालेको थियो। दुई खेलबाट मोरक्कोको चार अंक छ भने ऊ समूहको दोस्रो स्थानमा रहेको छ।

त्यस्तै, आजै राती समूह ‘ई’ का अन्तिम दुई खेल पनि हुँदै छन्। समूह ‘ई’ को खेलमा जापानले बलियो टोली स्पेनविरुद्ध खेल्दै छ। यी दुईबीचको खेल राती १२–४५ बजे खलिफा अन्तर्राष्ट्रिय रंगशालामा सुरु हुनेछ। 

समूहको शीर्ष स्थानमा रहेको स्पेन यो समूहको एक मात्र अपराजित टिम हो। उसले पहिलो खेलमा जित र दोस्रो खेलमा बराबरी खेल्दै दुई खेलबाट चार अंक जोडेको छ। उता, जापान दुई खेलमध्ये एकमा वजयी भएको छ भने एकमा पराजित भएको छ। जापानको तीन अंक छ भने समूहको दोस्रो स्थनमा रहेको छ।

स्पेनलाई अन्तिम १६ मा स्थान सुरक्षित गर्न आजको खेलमा बराबरीको नतिजा पर्याप्त हुनेछ। जापानलाई भने स्पेनविरुद्ध जित्नैपर्ने दबाब छ।

समूह ‘ई’अन्तर्गतकै अर्को खेलमा बलियो मानिएको टोली जर्मनीले तुलनात्मक रूपमा कमजोर टिम कोस्टारिकासँग खेल्दै छ। खेल नेपाली समयअनुसार राती १२–४५ बजे अल बेत रंगशालामा सुरु हुनेछ। 

यो खेल हुँदै गर्दा सबैको नजर जर्मनीमाथि हुनेछ किनकि आजको खेलमा जर्मनीले बरबरी मात्रै खेल्यो भने लगातार दोस्रो पटक समूह चरणबाटै घर फर्किनेछ। सन् २०१८ को विश्वकपमा पनि जर्मनी समूह चरणबाटै बाहिरिएको थियो।

नकआउट चरणमा पुग्न आज जर्मनीले जितेर पनि स्पेन र जापानको खेलको नतिजाले प्रभाव पार्नेछ। यदि जर्मनीले कोस्टारिकालाई पराजित गरे पनि जापानले स्पेनसँग बराबरी अथवा जित निकालेको अवस्थामा जर्मनी प्रतियोगिताबाट बाहिरिनेछ।

उता, कोस्टारिकाले आज जर्मनीलाई हराउन सके उसको अन्तिम १६ को स्थान सुरक्षित हुनेछ। कोस्टारिका पहिलो खेलमा स्पेनसँग पराजित भएको थियो भने दोस्रो खेलमा जापानलाई पराजित गर्दै तीन अंक जोडेको थियो। 

उता, जर्मनी यस समूहको जितविहीन टिम हो। पहिलो  खेलमा जापानसँग पराजित भएको जर्मनीले दोस्रो खेलमा स्पेनसँग बराबरी खेलेको थियो। एक अंक मात्रै जोडेको जर्मनी तालिकाको पुच्छरमा छ।

प्रकाशित: Dec 01, 2022| 12:42 बिहीबार, मंसिर १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।