शुक्रबार, साउन १, २०८३

नेपाली शान्ति सैनिकमाथि सुडानमा गोली प्रहार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ अनमिस मिसन दक्षिण सुडानमा तैनाथ नेपाली सेनाको सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवान शनिबार घाइते भएका छन्।

स्थानीय समय अनुसार बिहान ८:३० बजे खुट्टाको गोलीगाँठोमा गोली लागेर नेपाली सैनिक घाइते भएको सैनिक मुख्यालयले जनाएको छ। उनको दक्षिणी सुडानको राजधानी जुवामा उपचार भइरहेको छ। 

दक्षिण सुडानको येइ भन्ने स्थानमा रहेको नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक पानी ढुवानी गरेर फर्कने सवारीको स्कर्टिङका क्रममा गोली लागेको र उनको अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। सुडानको पिपल्स लिबरेसन आर्मी (एसपीएलए) का जवानले गोली चलाएको नेपाली सेनाको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।