शनिबार, कात्तिक २९, २०८२

फ्रान्स र अस्ट्रेलिया विश्वकपको अन्तिम १६ मा

समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भए पनि फ्रान्सले समूह विजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ भने अस्ट्रेलिया डेनमार्कमाथि १–० को विजय हासिल गर्दै उपविजेताको हैसियतमा अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- फ्रान्स र अस्ट्रेलियाले कतार विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाएका छन्। समूह चरणको अन्तिम खेलमा ट्युनिसियासँग १–० ले पराजित भए पनि फ्रान्सले समूह विजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ भने अस्ट्रेलिया डेनमार्कमाथि १–० को विजय हासिल गर्दै उपविजेताको हैसियतमा अघिल्लो चरणमा स्थान बनाउन सफल भएको छ।

National life

लिग चरणमा एक खेल बाँकी हुँदै अन्तिम १६ मा स्थान पक्का गरेको फ्रान्सले बुधबार ट्युनिसियाविरुद्ध ९ खेलाडी परिवर्तन गरेको थियो। प्रशिक्षक डिडियर डेसच्याम्पले समूह चरणमा अस्ट्रेलियाविरुद्धको दोस्रो खेलमा खेलेको टिमका दुई खेलाडीमात्र ट्युनिसियाविरुद्ध निरन्तरता दिए। निरन्तरता पाउनेमा इब्राहिमा कोनाटे र औरेलिन चाउमेनी मात्र थिए।

अस्ट्रेलियाविरुद्ध खेलेको गोलकिपर ह्युगो लोरिस, बेन्जामिन पाभार्ड, डायोट उपामेकानो, लुकास हर्नान्डेज, एड्रियन राबियट, औसमाने डेम्बेले, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे र ओलिभर जिरौडले आरम पाएका थिए। उनीहरूको स्थानमा स्टेभ मनमन्डा, इडुवार्डो कामाभिङ्गा, राफायल भरान, एक्सेल दिसासी, युसुफ फोफाना, किङ्सले कोम्यान, जोर्डन भेरेटौट, माट्टेयो गुइनडोजी र रन्डल कोलो मुएनीलाई टिममा राखिएको थियो।

ट्युनिसियाका रक्षक नादेर घान्द्रीले गरेको गोल गरेका थिए। तर, उनको गोल अफसाइड भएको थियो। पहिलो हाफ गोलरहित बराबरी खेलेको ट्युनिसियाले ५८औँ मिनेटमा वाहबी खाज्रीको गोलबाट अग्रता लिएको थियो। खाज्रीको त्यही गोल ट्युनिसियाको जितमा निर्णायक बन्यो।

इन्जुरी समयमा फ्रान्सका बैकल्पिक खेलाडी ग्रिजमनले गोल गरेका थिए। तर, भिडियो सहायक रेफ्री (भीएआर)ले उक्त गोललाई अफसाइड घोषित गरिदियो। फ्रान्स विश्वकपमा २०१४ पछि पराजित भएको यो पहिलोपटक हो। फ्रान्स २०१४ को क्वार्टरफाइनलमा जर्मनीसँग १–० ले पराजित भएको थियो। त्यसपछि फ्रान्स विश्वकपमा हारेको थिएन।

Laxmi sunrise bank
kumari

जितका बाबजुद ट्युनिसिया अन्तिम–१६ मा स्थान बनाउन असफल रह्यो। ट्युनिसियाको चार अंकमात्र छ। डेनमार्कमाथि १–० को विजय हालिस गरेपछि तीन खेलबाट ६ अंक बटुलेको अस्ट्रेलिया अन्तिम–१६ मा स्थान बनाउन सफल भयो।

६ पटक विश्वकप खेलेको अस्ट्रेलियाले अन्तिम–१६ मा स्थान बनाएको यो दोस्रो पटक हो। अस्ट्रेलियाले यसअघि २००६ मा मात्र विश्वकपको अन्तिम–१६ स्थान बनाएको थियो। ६ पटक नै विश्वकप खेलेको डेनमार्क समूह चरणबाटै बाहिरिएको यो दोस्रो पटक हो। यसअघि डेनमार्क २०१० मा पनि समूह चरणबाटै बाहिरिएको थियो।

प्रकाशित: Nov 30, 2022| 23:08 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।