शनिबार, कात्तिक २९, २०८२

तीनपटक विश्वकप जित्ने एकमात्र फुटबलर पेले अस्पताल भर्ना

विश्वविख्यात फुटबलर पेले अस्पताल भर्ना भएका छन्। क्यान्सरसँग लडिरहेका पेले जिउ सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– विश्वविख्यात फुटबलर पेले अस्पताल भर्ना भएका छन्। क्यान्सरसँग लडिरहेका पेले जिउ सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।
पेले ब्राजिलको साउ पाउलोस्थित एउटा अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। तीनपटक विश्वकप जित्ने एकमात्र फुटबलर रहेका पेले ८२ वर्षका छन्।
सन् १९५८, १९६२ र १९७० तीन पटक विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एकमात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए। विश्पकपमा खेलेका १४ खेलमा पेलेको खुट्टाबाट १२ गोल निस्किएको थियो।
आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे। एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेले। उनले ब्राजिलको जर्सी लगाएर खेलेका ९१ खेलमा ७७ गोल विपक्षी राष्ट्रको गोलपोस्टमा छिराएका छन्।
पेलेको संन्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो, सन् १९९४ को विश्वकपसम्म ।
प्रकाशित: Nov 30, 2022| 21:55 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।