आइतबार, वैशाख १६, २०८१

'गर या मर'को अवस्थामा अर्जेन्टिना

समूह चरणको अन्तिम खेल हुँदै गर्दा सबैभन्दा रोमाञ्चक समूहको रुपमा हेरिएको समूह हो समूह सी। अन्तिम चरणसम्म आइपुग्दा पनि नकआउट चरण पुग्ने र बाहिरिने टोलीको टुंगो लागेको छैन।
 |  बुधबार, मंसिर १४, २०७९

शिशिर बस्नेत

शिशिर बस्नेत

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकपमा आज बुधबार राति समूह सीअन्तर्गत उपाधि दाबेदार टिम अर्जेन्टिनाले पोल्यान्डविरुद्ध खेल्दैछ। यी दुई टिम टिमको खेल नेपाली समयअनुसार राति १२:४५ बजे ९७४ रंगशालामा हुनेछ। 

triton college

समूह चरणको अन्तिम खेल हुँदै गर्दा सबैभन्दा रोमाञ्चक समूहको रुपमा हेरिएको समूह हो समूह सी। अन्तिम चरणसम्म आइपुग्दा पनि नकआउट चरण पुग्ने र बाहिरिने टोलीको टुंगो लागेको छैन। यस समूहका सबै टोीको अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ। पोल्यान्ड यस समूहको एकमात्र अपराजित टिम हो। उसले पहिलो खेल मेक्सिकोसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा साउदी अरेबियालाई २-० गोल अन्तरले हराएको थियो। योसँगै पोल्यान्ड दुई खेलमा चार अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ।

अर्जेन्टिना दुई खेलमध्ये एकमा पराजित र एकमा विजयी भएको छ। उसको तीन अंक रहेको छ र तालिकाको दोस्रो स्थानमा रहेको छ। उता साउदी अरेबिया एक जित र एक हारका साथ तीन अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको छ। मेक्सिको एक खेलमा पराजित र एक खेल बराबरी गरेर एक अंकका साथ तालिकाको पुच्छरमा रहेको छ। तर पुच्छरमा रहे पनि उसको नकआउट चरणमा जाने सम्भावना कायमै छ।

समूह सी अन्तर्गत आजै हुने अर्को खेलमा साउदी अरेबिया र मेक्सिको भिड्दैछन्। यो खेल र अर्जेन्टिना र पोल्यान्डको खेल एकै समयमा सुरु हुनेछ। नकआउट चरणमा पुग्नका लागि पोल्यान्डलाई अर्जेन्टिना विरुद्ध बराबरीको नतिजा पनि पर्याप्त हुनेछ। उता अर्जेन्टिनालाई आज पोल्यान्ड विरुद्ध जित्नैपर्ने दबाब छ। आजको खेल जिते अर्जेन्टिना समूह विजेताका रुपमा नकआउट चरणमा जानेछ।

पहिलो खेलमा साउदी अरेबियासँग अप्रत्याशित रुपमा २-१ गोलअन्तरले पराजित भएको अर्जेन्टिनाको ३६ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो। उपाधि दाबेदार मानिएको कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पहिलो खेलको पराजय धेरै महँगो बन्न सक्छ। किनकी आज खेल्न लागेको पोल्यान्ड पनि राम्रो लयमा रहेको छ। रोवर्ट लेवान्डोस्की जस्तो उत्कृष्ट खेलाडीको साथमा पोल्यान्ड पनि कमजोर छैन। तर पोल्यान्डका प्रशिक्षक केस्ल मिज्विक अर्जेन्टिनाका कप्तान मेस्सी लयमा रहेको र उनले यस विश्वकपको सबै खेलमा गोल गरेका कारण उनलाई रोक्न गाह्रो  हुने बताउँछन्। साथै उनले अर्जेन्टिनाको टिम पनि बलियो रहेको र उनीहरुविरुद्ध जित निकाल्न सहज नभएको बताएका छन्। 

corrent noodles
Metro Mart

म्याच कन्फ्रेन्समा उनले भने, ʻहामी समूह चरणको अन्तिम खेलमा छौं र हामी बलियो टोली अर्जेन्टिनाविरुद्ध मैदान उत्रिँदैछौं। अर्जेन्टिना उपाधि दाबेदार टिम हो साथै यो टिम धेरै बलियो पनि छ। किनकी उनीहरुसँग कप्तान मेस्सी पनि छन्। मेस्सी हामीविरुद्ध हावी हुन सक्छन्। उनले विश्वकपका दुवै खेलमा गोल गरेका छन् र उनलाई रोक्न हामीलाई कठिन हुनेछ। त्यसैले हाम्रा लागि यो खेल पक्कै पनि सहज हुने छैन तर हामीलाई पनि जित्नैपर्ने दबाब छ। हामी राम्रो प्रदर्शन गरेर अर्जेन्टिना विरुद्ध जित निकाल्ने लक्ष्यमा हुनेछौं। हामी तयारी अवस्थामा पनि छौं।ʼ

आफ्नो अन्तिम विश्वकप बताउँदै आएका अर्जेन्टिनाका कप्तान तथा सात पटकका बालोन डि ओर विजेता मेस्सीले फुटबलमा सबै उपाधि र अवार्ड जितिसकेका छन्, फिफा विश्वकप बाहेक। ३५ वर्षे मेस्सीका लागि यसपटकको विश्वकप अन्तिम मौका पनि हो। त्यसैले पनि आफ्नो कप्तानीमा उनी आज अर्जेन्टिनालाई जसरी पनि जिताउन चाहन्छन्। मेक्सिकोविरुद्धको दोस्रो खेल २-० गोल अन्तरले जितेपछि अर्जेन्टिना पुरानै लयमा फर्किएको मेस्सीले बताएका छन्। आफ्नो टिमले पहिलो खेलमा अप्रत्यासित हार व्यहोरे पनि अहिले टिम जितका लागि तयार आतुर रहेको उनले बताएका छन्।

उनले भने, ʻहामीले मेक्सिकोविरुद्ध धेरै राम्रो खेल्यौं। साउदी अरेबियासँगको हारपछि हामीले आफ्नो कमजोरी थाहा पायौं र त्यसलाई सुधारेर हामी रिकभर भइसकेका छौं। अब हामी जित्नका लागि आतुर छौं। पोल्यान्ड विरुद्धको खेल हाम्रा लागि सबैभन्दा महत्तवपूर्ण खेल हुनेछ। हामीलाई त्यो खेल जसरी पनि जित्नु छ र हामी त्यसका लागि तयार छौं। हाम्रो टिम पोल्यान्ड विरुद्ध जितका लागि मैदान उत्रिने छ।ʼ

तुलनात्मक रुपमा हेर्दा पोल्यान्ड अर्जेन्टिना भन्दा कमजोर टिम हो। पोल्यान्ड फिफा वरीयताको २६ औं स्थानमा रहेको छ। उता अर्जेन्टिना तेस्रो स्थानमा छ तर फिफा वरीयतालाई आधार मानेर कुनै पनि टिमको बारेमा बोल्नु गलत हो भन्ने कुरा अर्जेन्टिना र साउदी अरेबियाको खेलले देखाइसकेको छ। साउदी अरेबिया फिफा वरीयतामा शीर्ष ५० मा पनि छैन तर उसले समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गरेको छ।

यस खेलका लागि अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलोनी टिममा केही परिवर्तन गर्ने सोचमा रहेको बताउँछन्। अर्जेन्टिनाका स्ट्राइकर लटाउरो मार्टिनेजले सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गर्न सकेनन्। उनको स्थानमा जुलियान अलभारेजलाई सुरुवाती ११ मा राख्ने सम्भावना रहेको छ। साथै मिडफिल्डरमा पप्पु गोमेज र डिफेन्डरमा मोलिनाको स्थानमा अन्य खेलाडी रहन सक्ने मिडियालाई बताएका छन्।

हेड टु हेडः पोल्यान्ड विरुद्ध अर्जेन्टिनाको यो १४औं भेट हो। यसअघि खेलेका १३ खेलमध्ये अर्जेन्टिनाले ६ खेल जितेको छ भने पोल्यान्डले ३ खेल जितेको छ। बाँकी दुई खेल दुवै टोलीले बराबरी खेलेका छन्। यी दुई टोली ११ वर्षपछि एकआपससँग आमनेसामने हुन लागेका हुन्। अन्तिमपटक यी दुई टोलीले सन् २०११ मा खेलेका थिए। पोल्यान्डले अर्जेन्टिनालाई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा २-१ गोलअन्तरले पराजित गरेको थियो। त्यस्तै यी टोली विश्वकपमा ४४ वर्षपछि भिड्न लागेका हुन्। यसअघि अन्तिमपटक सन् १९७८ को विश्वकपमा यी टोलीले खेलेका थिए। त्यस समय अर्जेन्टिनाले २-० गोलले नतिजा आफ्नो पक्षमा पारेको थियो।

अर्जेन्टिनाको सम्भावित ११
एमिलियानो मार्टिनेज, नाहुल मोलिना, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, पपु गोमेज, एन्जल डि मारिया, जुलियान अलभारेज, लिओनल मेस्सी

पोल्यान्डको सम्भावित ११
वाज्ने सेस्ने, कमिल गिलिक, बार्टोस बेरेस्ज्न्सकी, जान बेडनारेक, अर्तुर जेडजेज्क, ग्रेगोर्ज क्रिचोविक, कमिल ग्रोसीस्की, पिओटर जिलिन्स्की, रोवर्ट लेवान्डोस्की, अर्काडिउस मिलिक, क्रिस्टोफ पिअटेक

प्रकाशित: Nov 30, 2022| 14:38 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।