आइतबार, वैशाख १६, २०८१

नकआउटको रेसमा अष्ट्रेलिया र डेनमार्क

कतारमा जारी फिफा विश्वकपमा आज बुधबार राति समूह डी अन्तर्गत डेनमार्कले अष्ट्रेलियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे अल जनौब रंगशालामा हुनेछ।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं– कतारमा जारी फिफा विश्वकपमा आज बुधबार राति समूह डी अन्तर्गत डेनमार्कले अष्ट्रेलियाविरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे अल जनौब रंगशालामा हुनेछ। 

triton college

सोही समयमा साविक विजेता फ्रान्सले ट्युनिसिसाविरुद्ध खेल्दैछ। यस समूहबाट फ्रान्सले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ। उता ट्युनिसयाले आजको खेलमा फ्रान्सलाई पराजित गरेर डेनमार्क र अष्ट्रेलियाबाट अनुकूल नतिजा आएमा अन्तिम १६ मा पुग्नेछ।

एक खेलमा जित र एक खेलमा हार व्यहोरेको अष्ट्रेलिया दुई खेलबाट तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ। उता डेनमार्कले भने एक खेल पनि जित्न सकेको छैन। उसले एकमा पराजय र एकमा बराबरी गरेको छ। 

डेनमार्कले पहिलो खेलमा ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो। त्यस्तै दोस्रो खेलमा डेनमार्क फ्रान्ससँग २–१ गोलले पराजित भएर अंकविहीन भएको थियो। उता अष्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग ४–१ गोल अन्तरले पराजित भएको थियो। त्यस्तै दोस्रो खेलमा उसले ट्युनिसियालाई १–० गोलको झिनो अन्तरमा पराजित गरेर प्रतियोगितामा पहिलो जित दर्ता गर्दै तीन अंक जोडेको थियो। 

आज हुने डेनमार्क र अष्ट्रेलियाबीचको खेलको विजेताले नकआउटमा समूह उपविजेताका रुपमा स्थान बनाउने छ।अष्ट्रेलियालाई आज डेनमार्क विरुद्ध नकआउटमा पुग्नका लागि बराबरी पनि पर्याप्त हुनेछ। तर डेनमार्कलाई भने आजको खेल जित्नैपर्ने दबाब छ।

corrent noodles
Metro Mart

डेनमार्कका कप्तान क्रिस्टेन एरिक्सन आफूहरुसँग अनुभवी खेलाडीहरु रहेको र त्यसैको मद्दतले अष्ट्रेलिया विरुद्ध जित निकाल्न सक्ने बताउँछन्। उनले भनेका छन्, ʻहामीले सुरुवाती खेलमा जित निकाल्नुपर्ने थियो, त्यहाँ हामी चुक्न पुग्यौं। तर हामीसँग अझै पनि मौका छ। हामीसँग अनुभवी खेलाडी तथा धेरै राम्रा स्ट्राइकरहरु छन्। जसले गर्दा अष्ट्रेलिया विरुद्ध मैदान उत्रिँदै गर्दा हामी केही बलियो रुपमा हुनेछौ्र। यो खेल हाम्रो लागि फाइनल खेल झैं हुनेछ। त्यसकारण हामी सक्नेभन्दा धेरै राम्रो खेल्नेछौ्र।ʼ

अष्ट्रेलियाका टिम कप्तान म्याथ्यु राएन आफ्नो टिम उच्च मनोबलका साथ मैदान उत्रिने बताउँछन्। साथै उनले एरिक्सनको टिम धेरै राम्रो रहेको र उसलाई पराजित गर्न कठिन हुने भए पनि जितको लक्ष्यमा मैदान छिर्ने सुनाए। उनले भने, ‘हामी अहिले कठिन अवस्थाको खेलमा छौं। दुवै टोली जितको खोजीमा हुनेछौं। तर हामी उच्च मनोबलका साथ मैदान उत्रिनेछौं। एरिक्सनको टिम डेनमार्क धेरै राम्रो टिम हो। स्वास्थ्यको समस्याका कारण केही समय बाहिर रहेका एरिक्सन पनि अहिले मैदानमा छन्। उनी व्यक्तिगत रुपमा धेरै राम्रा खेलाडी हुन्। साथै उनको टिम पनि बलियो छ। उनीहरुविरुद्ध मैदानमा हामीलाई त्यति सहज हुने छैन तर हामी उनीहरुलाई रोक्ने प्रयास गर्नेछौं।’

डेनमार्क र अष्ट्रेलियाको यो पाँचौं भेट हो। यसअघि भएका चार खेलमध्ये डेनमार्कले दुई खेल जितेको छ। त्यस्तै अष्ट्रेलियाले एक खेलमात्रै जितेको छ। बाँकी एक खेल बराबरी खेलेका छन्। साथै यी दुई टोलीको विश्वकपमा यो दोस्रो भेट हो। यसअघि सन् २०१८ को विश्वकपमा दुवै टोली एउटै समूहमा थिए। त्यसबेला दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए।

डेनमार्कको सम्भावित ११
क्यास्पर सेमिकल, सिमोन कजार, जोचिम एन्डरसन, जोएकिम माहेले, आन्द्रेस क्रिस्टेनसेन, थोमस डिलाने, माथियस जेनसन, क्रिस्टियन एरिक्सन, आन्द्रेस स्कोभ ओल्सन, जेस्पर लिन्डस्ट्रोम, आन्द्रेएस कोर्नेलिउस

अष्ट्रेलियाको सम्भावित ११
म्याट राएन, नाथनियल एट्किन्सन, फ्रान कारासिस, काए रोवलेस, ह्यारी सुटर, आरोन मुए, एजडिन ह्रुस्टिक, ज्याक्सन इर्भिन, जेमी म्याकलरेन, जासोन कमिङ्स, मिच डुक

प्रकाशित: Nov 30, 2022| 14:15 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।