शुक्रबार, साउन १, २०८३

नवलपरासीमा ट्रक र बोलेरो ठोक्किदा एक जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
कावासोती- पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका-७ चोरमारास्थित जङ्गलमा रोकिराखेको ट्रकमा बोलेरो ठोक्किँदा एकको मृत्यु भएको छ । 

सोमबार बिहान लु १ च ५४६५ नम्बरको बोलेरो राजमार्गमा बिग्रिएर रोकिराखेको ग १ ख ६७२८ नंको ट्रकमा ठोक्किँदा बोलेरोमा सवार नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–४ बस्ने १७ वर्षीय मधु आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताए ।

दुर्घटनामा घाइते भएका मधु आलेको उपचारको क्रममा मध्यबिन्दु सामुदायिक अस्पताल डण्डामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । बुबा हस्तबहादुर आलेकोे उपचारका लागि अस्पताल लैजाने क्रममा छोरा मधु आलेको दुर्घटनामा ज्यान गएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।