शुक्रबार, साउन १, २०८३

एक्साभेटर खोलामा खस्दा चालक बेपत्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित नीलगिरि खोलामा एक्साभेटर खस्दा चालक बेपत्ता भएका छन् । 

नीलगिरि खोला जलविद्युत् आयोजनाको सडक निर्माणमा प्रयोग भएको बुद्ध कन्ट्रक्सनको बा२क ६००७ नंको एक्साभेटर  आइतबार साँझ खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

सडक निर्माणस्थलदेखि करीब १०० मिटर तल खोलामा खस्दा एक्साभेटरका चालक तनहुँ भिमादका २२ वर्षीय कमल थापामगर बेपत्ता भएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।  

प्रहरी नायब उपरीक्षक बुढाका अनुसार डोजरसँगै खोलामा खसेर घाइते भएका सहचालक अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्का १९ वर्षीय सागर पाइजालाई उपचारका लागि बेनी अस्पतालमा ल्याइएको छ । पाइजा पौडिएर खोलाबाट निस्किएका प्रत्यक्षदर्शीले बताएका छन् । 

खोलामा डुबेको अवस्थामा एक्साभेटर देखिएको र बेपत्ता चालकको खोजीमा प्रहरी, आयोजनाका कर्मचारी र स्थानीय बासिन्दा परिचालन भएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।