शनिबार, कात्तिक २९, २०८२

विश्वकप : नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्।
 |  बुधबार, मंसिर १४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर १४, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम १६ मा प्रवेश गरेका छन्।

National life

गए राति भएको समूहको तेस्रो तथा अन्तिम निर्णायक खेलमा नेदरल्यान्ड्सले आयोजक कतार तथा सेनेगलले इक्वेइडरलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन्। नेदरल्यान्डस समूह ‘ए’ को विजेता र सेनेगल उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरे। आयोजक कतार र इक्वेडर प्रतियोगिताबाट बाहिरिएका छन्।

कतारको अलबायत रङ्गशालामा घरेलु टोली कतारलाई २–० गोलअन्तरले पराजित गर्दै नेदरल्यान्ड्स विजयी बन्यो। खेलको २६औँ मिनेटमा नेदरल्यान्ड्सका कोडी गाप्कोले गोल गर्दै सुरुआती अग्रता लिए। खेलको पहिलो हाफसम्म एक शून्य गोलले अग्रता लिएको नेदरल्यान्ड्सले दोस्रो हाफमा थप एक गोल गर्‍यो। खेलको ४८औँ मिनेटमा नेदरल्यान्ड्सका फ्रेन्की डे जोङले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित दिलाए। यससँगै नेदरल्यान्ड्सले तीन खेलमा सात अङ्क जोड्यो।

यसैगरी कतारको खलिफा रङ्शालामा गए राति नै भएको अर्को खेलमा सेनेगलले इक्वेडरलाई २–१ गोलअन्तरले पराजित गर्‍यो। सेनेगल जारी विश्वकपमा नकआउट चरण पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ।  खेलको पहिलो हाफको अन्त्यतिर सेनेगलले पेनाल्टीमार्फत अग्रता लियो। इस्माएला सारले खेलको ४४औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई १–० को अवस्थामा पुर्‍याए। पिएरो हिन्कापीले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि रेफ्रीले सेनेगललाई पेनाल्टी दिएको थियो। 

त्यस्तै खेलको दोस्रो हाफको ६८औँ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा पुर्‍याए।  तर खेलको ७०औँ मिनेटमा सेनेगलका कालिडु कौलीबालीले गोल थप्दै आफ्नो टोलीको जित सुनिश्चित गरे। सेनेगलले तीन खेलमा दुई जितसहित छ अङ्क जोड्यो। यता इक्वेडर चार अङ्कसहित तेस्रो तथा कतार अङ्कबिहिन बन्दै चौथो स्थानमा रह्यो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 30, 2022| 07:20 बुधबार, मंसिर १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।