आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • नेपालमा टेबलटेनिसको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुँदै

नेपालमा टेबलटेनिसको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतियोगिता हुँदै

विश्व टेबल टेनिस च्याम्पियनसिपको एसियाली छनोटतर्फको दक्षिण एसियाको क्षेत्रीय छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। यही मंसिर २२ गतेबाट २५ गतेसम्म क्षेत्रीय छनोट हुने अखिल नेपाल टेबल टेनिस संघले जानकारी दिएको हो।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं– विश्व टेबल टेनिस च्याम्पियनसिपको एसियाली छनोटतर्फको दक्षिण एसियाको क्षेत्रीय छनोट प्रतियोगिता नेपालमा हुने भएको छ। यही मंसिर २२ गतेबाट २५ गतेसम्म क्षेत्रीय छनोट हुने अखिल नेपाल टेबल टेनिस संघले जानकारी दिएको हो।

triton college

यो प्रतियोगितामा दक्षिण एसियाली देशका ५–५ जना खेलाडीको सहभागिता रहने आयोजकले बताएको छ। त्यसबाट सबै गरेर १६–१६ (महिला र पुरुष) खेलाडी एसियाली छनोटका लागि छानिने पनि संघले जानकारी दिएको हो। ‘नेपाली टेबल टेनिस इतिहासमा यो नै नेपालमा हुन लागेको अहिलेसम्मको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता रहेको छ,’ संघका अध्यक्ष चतुरानन्द राजवैद्यले जानकारी दिएका छन्। इन्टरनेसनल टेबल टेनिस फेडेरसन (आईटीटीएफ) अन्तर्गत एसियन टेबल टेनिस फेडेरसन (एटीटीय) ले यस छनोट प्रतियोगिता आयोजनाका लागि नेपाललाई अवसर दिएको संले जनाएको छ।

लैनचोरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा आयोजना हुने प्रतियोगिताबारे संघले विज्ञप्तिमा लेखेको छ, ‘प्रतियोगिताका लागि यस संघले आवश्यक तयारी पूरा गरेको जानकारी दिन चाहन्छौं। प्रतियोगिताको सफल आयोजनाका लागि संघले विभिन्न कमिटी पनि गठन गरेको छ।’

प्रतियोगिताका कम्पिटिसन म्यानेजर तेजेन्द्र महराले भुटान आर्थिक समस्या भएर आउने–नआउने टुंगो नभएको बताए। उनले प्रतियोगिताबारे अगाडि भने, ‘साफभन्दा ठूलो प्रतियोगिता यो नै हो। यो नखेली यो क्षेत्रका खेलाडीले विश्व च्याम्पियनसिप खेल्न पाउँदैनन्। साफ खेल्न नआएका खेलाडी पनि आउँछन्। भारतको टप ४० भित्र पर्ने दुई जना पर्छन्। भारतका पाँच जना त अन्तिम १६ मा पर्छन् नै। बाँकी ११ मा जो पनि पर्न सक्छ।’

प्रतियोगितामा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र माल्दिभ्सका ६० खेलाडीको सहभागि छन्। प्रत्येक देशबाट प्रतियोगितामा पाँच पुरुष र पाँच महिला गरेर कुल १० खेलाडीको सहभागिता रहनेछ। पुरुष एकल र महिला एकलमा लिग कम नकआउटकका आधारमा हुने प्रतियोगिताबाट १६–१६ खेलाडी छनोट हुनेछन्।

corrent noodles
Metro Mart

नेपालका तर्फबाट सहभागी हुने खेलाडीमा पुरुषतर्फ रुबिन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे छन्। यस्तै महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन्। टिमको मुख्य प्रशिक्षकमा सञ्जीव ढुंगेल रहेका छन् भने उनका सहायकमा संजय अर्याल र सन्ध्या शाक्य छन्। यो प्रतियोगिताको लागि स्यान्टु श्रेष्ठ भने नआउने भएका छन्। 

यो प्रतियोगिता आयोजनाको लागि आईटीटीएफले पाँच हजार डलर अनुदान दिने भएको आयोजक संघका अध्यक्ष राजवैद्यले बताएका छन्। ‘प्रतियोगितामा राखेपले पनि सहयोग गर्ने बताएको छ। ‘छनोटमा आउने–जाने खर्च टिमकै हुन्छ। त्यसका लागि छनोटमा उहाँहरूले नै बेहोर्ने हुन्छ। नेपाली टिमका खेलाडीको तयारी राम्रो र उच्च हौसलाको साथ छ। सागमा पनि नेपाली टिम फाइनल पुगेको हो। स्यान्टु नएको हुनाले कमजोर त हो। यद्यपि टिम वर्क छ। अरूमा हौसला छ। राम्रो भए पनि भनेजस्तो अभ्यास भएन,’ टुर्नामेन्ट डाइरेक्टर शंकर गौतमले भने।

प्रकाशित: Nov 29, 2022| 16:14 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।