सोमबार, भदौ १५, २०८३

झिनो आशामा इङ्गल्यान्डविरुद्ध उत्रिँदै वेल्स

कतार विश्वकपको तेस्रो तरणको खेलमा आज राति दुई छिमेकी राष्ट्र वेल्स र इङ्गल्यान्ड भिड्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे अहमद बिन रंगशालामा हुनेछ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- कतार विश्वकपको तेस्रो तरणको खेलमा आज राति दुई छिमेकी राष्ट्र वेल्स र इङ्गल्यान्ड भिड्दै छन्। यो खेल नेपाली समय अनुसार राति १२:४५ बजे अहमद बिन रंगशालामा हुनेछ।

यो खेल हुँदै गर्दा ६४ वर्षपछि फिफा विश्वकपमा फर्किएको टिम वेल्स जित्नैपर्ने दबाबमा हुनेछ। पहिलो खेल अमेरिकासँग १-१ गोलको बराबरी खेलेको वेल्स दोस्रो खेलमा इरानसँग अन्तिम मिनेटमा सम्हालिन नसक्दा एक मिनेटमा दुई गोल व्यहोर्दै पराजित भएको थियो। आज इङ्गल्यान्डविरुद्ध वेल्सलाई बराबरीको नतिजा पनि पर्याप्त हुनेछैन, त्यसैले उसँग जित्नु बाहेकको विकल्प छैन।

ग्यारेथ बेलको कप्तानीमा रहेको वेल्सलाई इङ्गल्यान्डविरुद्ध जित्न त्यति सहज पनि छैन। किनकी इङ्गल्यान्ड पछिल्ला खेलहरुमा अपराजित रहँदै उच्च लयमा खेलिरहेको छ। तर इङ्गल्यान्ड उच्च लयमा रहेको तथा बलियो टोली रहे पनि जितको खोजीमा हुने कप्तान वेल बताउँछन्। त्यस्तै यसअघि इरानविरुद्धको खेलमा चुक्नु नै सबैभन्दा ठूलो गल्ति रहेको उनको भनाइ छ।

कतारी मिडियासँग कुरा गर्दै उनले भने, ʻहामी समूह चरणको अन्तिम खेलमा आइपुगेका छौं। जहाँ हामीले बलियो टोली इङ्गल्यान्ड विरुद्ध खेल्नुपर्नेछ। इङ्गल्यान्ड राम्रो टिम हो, पछिल्लो समय उसले धेरै राम्रो खेलिरहेको छ। उसलाई जित्न धेरै कठिन हुनेछ। तर हामीसँग जित्नु बाहेकको कुनै विकल्प छैन। यसअघिको खेलमा हामीले इरान विरुद्ध जसरी खेल्यौं त्यो नै हाम्रो सबैभन्दा ठूलो कमजोरी रह्यो। त्यो खेलमा हामी पराजित नभएको भए यस्तो अवस्थामा आइपुग्न थिएनौं। तर अब हामीसँग अझै पनि इङ्गल्यान्डविरुद्धको खेल बाँकी छ र हामी त्यो खेल जितेर अगाडि जानेछौं।ʼ 

इङ्गल्यान्डले पहिलो खेलमा इरानलाई ६-२ को शानदार जित निकालेको थियो। त्यसपछि दोस्रो खेलमा अमेरिकासँग बराबरी खेलेको थियो। इङ्गल्यान्डलाई आजको खेलमा बराबरीको नतिजाले मात्रै पनि नकआउटमा पुर्याउन सक्छ। तर इङ्गल्यान्ड पनि स्पष्ट जितको खोजीमा हुनेछ। आजको खेल जिते इङ्ग्ल्यान्ड समूह विजेताका रुपमा नकआउट चरणमा पुग्नेछ।

इङ्गल्यान्डका मुख्य खेलाडी तथा कप्तान ह्यारी केन वेल्सविरुद्ध जित निकालेर समूह विजेता भएर नकआउटमा जाने लक्ष्य रहेको बताउँछन्। म्याच प्रिभ्युमा कतारी मिडियासँग कुरा गर्दै उनले भने, ʻहामीले समूह चरणको अन्तिम खेलमा वेल्सविरुद्ध खेल्दैछौं। वेल्स राम्रो टिम हो। त्यसैलै उ विरुद्ध खेल्न सहज त छैन तर  हामी बलियो स्थितिमा छौं। हामीले समूह चरणमा एक खेल जितिसकेका छौं। त्यसको मनोबलमा हामी वेल्स विरुद्ध मैदानमा उत्रिने छौं। हाम्रो लक्ष्य भनेको वेल्सलाई पराजित गर्दै समूहको विजेताका रुपमा नकआउट चरणमा पुग्ने हो।ʼ

हेड टु हेडः यी दुई टिमले एक आपसमा सबैभन्दा धेरै अन्तराष्ट्रिय खेल खेलेका छन्। यसपटकको भेट यी दुईबीचको १३९ औं भेट हो। यसअघि खेलेका १३८ खेलमा इङ्गल्यान्डले ६६ पटक जितेको छ भने वेल्सले ६० पटक जितेको छ। त्यस्तै १२ खेल यिनीहरुले बराबरी खेलेका छन्।

इङ्गल्यान्डको सम्भावित ११
जोर्डन पिकफोर्ड, ह्यारी मग्वायर, लुक शा, कायल वाल्कर, ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड,जुड बेलिङ्घहम, मासोन माउन्ट, जोर्डन हेन्डरसन, ह्यारी केन, बुकायो साका, रहिम स्टरलिङ

वेल्सको सम्भावित ११  
वायने हेन्से, बेन डेभिस, जोए रोडोन, बेन काबान्गो, क्रिस मेफम, आरोन राम्से, जोए एलन, ह्यारी विल्सन, जोनी विलियम्स,गारेथ बेल, ड्यानिएल जेम्स,


प्रकाशित: Nov 29, 2022| 15:13 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।