शुक्रबार, साउन १, २०८३

ट्यांकर चालकको आन्दोलन फिर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेपाल यातायात मजदुर संघसँग आवद्ध नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले सम्पूर्ण टयांकर मजदुरहरुलाई काममा फर्कन आव्हान गरेको छ। 

संघले अघि सारेका मागहरु तीस दिन भित्र पुरा गर्न सबै संस्थाले गृहकार्य गर्ने लिखित प्रतिबद्धता जनाएको भन्दै संघका राष्ट्रिय अध्यक्ष ईश्वर लामाले सबै टयांकर मजदुरलाई आ-आफनो काममा फर्कन आव्हान गरेका हुन्। 

संघले यसअघि पेट्रोलियम टयांकरका चालक, हेल्परहरुको तलब भत्ता वृद्धि लगायतका सुविधाहरु  दिनु पर्ने भन्दै १८ बुदेँ मागपत्र नेपाल आयल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा बुझाउँदै १५ दिन भित्र पुरा नभए आन्दोलनमा उत्रने चेतावनी दिएको थियो। 

नेपाल आयल निगमले बोलाएको छलफलमा सहमति नभएको र ढुवानी व्यवसायी महासंघले वार्तामा रुची नदेखाएकोले संघले १८ भदौदेखि आन्दोलन गर्ने चेतावनी दिएको थियो। संघले ३१ भदौबाट टयांकरको चाबी ढुवानी व्यवसायी महासंघमा बुझाउने घोषणा गरेको थियो। 

संघको माग बमोजिम चालकलाई मासिक तलब भत्ता १६हजार ५ सय ९७ र हेल्परलाई मासिक १४ हजार २ सय ९६ रुपैयाँ दिने सहमति भएको थियो। 

ढुवानी महासंघले त्यसदेखि बाहेक बाटामा जादा हाल दिईआएको खुराकी लगायतको रकम दिन नसकिने भने पछि सोको बिरोधमा संघले आन्दोलनलाई निरन्तरता दिने भनेको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।