शुक्रबार, साउन १, २०८३

छोराले चलाएको अटोरिक्सा दुर्घटनामा आमाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- सुर्खेतमा आफ्नै छोराले चलाएको अटोरिक्सा दुर्घटना हुँदा आमाको मृत्यु भएको छ। 

त्यस्तै श्रीमति र छोरी घाइते घाइते भएका छन् । पञ्चपुरी नगरपालिका-८ का भिम रामजालीले चलाएको अटोरिक्सा दुर्घटना हुँदा उनकी आमा गंगादेवी रामजालीको मृत्यु भएको हो। 

त्यस्तै उनकी श्रीमति चन्द्रा र छोरी शर्मिला रामजाली घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी गंगादेवीको क्षेत्रिय अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेत जानकारी दिएको छ।

बड्डीचौरदेखि वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे १ ह १९३७ नम्बरको अटोरिक्सा आइतबार दिउँसो बराहतालको हुर्के नजिकै दुर्घटना भएको थियो। सुर्खेतका डिएसपी श्याम सिंह चौधरीले दिएको जानकारी अनुसार चालक भिम रामजालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिव्र गतिका कारण अटोरिक्सा दुर्घटना भएको प्रहरीले प्रहरीको भनाई छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।