शुक्रबार, साउन १, २०८३

विवेकशील साझाले दियो उत्‍प्रेरकलार्इ प्रशिक्षण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- विवेकशील साझा पार्टीले संगठन विस्तार अभियान अन्तर्गत सातवटै प्रदेशका उत्प्रेरक संगठकहरुलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रम गरेको छ। 

शनिबार र आइतबार काठमाण्डौंमा सम्पन्न प्रशिक्षण कार्यक्रममा देशभरका एक सय ५० उत्प्रेरक नेताहरुको सहभागीता थियो। प्रशिक्षणको पहिलो दिन पार्टी संयोजक रविन्द्र मिश्रले वैकल्पिक राजनीतिको आधार फराकिलो हुँदै गएकोले नेतृत्व गर्न लायक संगठन निर्माणमा जुट्न उत्प्रेरक नेतालाई आग्रह गरे।

पार्टीका अर्का संयोजक उज्वल थापाले वैकल्पिक राजनीतिको लागि संगठनलाई कुशल र ढंगपूर्ण विधिबाट अगाडि बढाउनुपर्नेमा जोड दिए। प्रवक्ता डा.सूर्यराज आचार्यले पार्टीको आधारभूत वैचारिक, राजनीतिक तथा अर्थनीतिको बारेमा र  केन्द्रिय सदस्य केशव दाहालले नेपालको सन्दर्भमा वैकल्पिक राजनीतिको औचित्यबारे प्रशिक्षण दिएका थिए।

केन्द्रिय सदस्य गोविन्द नारायणले वैकल्पिक राजनीतिमा यूवाहरुको भूमिका, संगठन विभाग प्रमुख मुमाराम खनालले पार्टीको वैकल्पिक संरचना, पार्टीभित्र लोकतान्त्रिक अभ्यासको विधि, विधानको कार्यान्वयन तथा ३ महिने संगठन बिस्तार अभियानको महत्वमाथि प्रकाश पारेका थिए।

केन्द्रिय सदस्यहरु प्रकाशचन्द्र परियारले समावेशिता, सुबुना बस्नेतले उद्यमशिलता, शशीविक्रम कार्कीले सामाजिक अभियान, किशोर थापाले अनुशासन तथा सुशासन तथा अर्जुनसिंह ठकुरीले पार्टीको आन्तरिक व्यवस्थापनबारे प्रशिक्षण दिएको प्रवक्ता डा. आचार्यले जनाए। 

प्रशिक्षणको दोश्रो दिन सबै प्रदेशका संयोजकहरुले प्रदेशमा संगठनको अवस्था र आगामी दिनमा संगठन बिस्तारको कार्यलाई तिव्रता दिने योजनाको बारेमा प्रकाश पारेका थिए। 

सूचना तथा संचार विभागको तर्फबाट केन्द्रिय सदस्य मिलन पाण्डेले पार्टीको सूचना प्रवाह, चूनौती र समाधानको सवालमा, प्रदेश ३ सांसद शोभा शाक्यले प्रदेश ३ मा पार्टीको गतिविधि बारेमा जानकारी दिएका थिए।

संगठन बिस्तारको तिन महिने कार्ययोजना अन्तरगत संगठन बिस्तारको विस्तृत कार्ययोजनाबारे संयोजक रविन्द्र मिश्रले तथा मुमाराम खनाल र केशव दाहालले सामान्य अवधारणा, उदेश्य, लक्ष्य, कार्यतालिका र जिम्मेवारीको बारेमा प्रकाश पारेका थिए। प्रशिक्षणमा सहभागीका प्रश्नहरुको केन्द्रिय सदस्यहरुले जवाफ दिएका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।