शनिबार, कात्तिक २९, २०८२

विश्वकप फुटबल समूह 'जी' मा ब्राजिल शीर्षस्थानमा

ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो। यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ। समूह ‘जी’ मा ब्राजिल शीर्षस्थानमा छ।
 |  मंगलबार, मंसिर १३, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १३, २०७९

काठमाडौं- पोर्चुगलले उरुग्वेलाई पराजित गर्दै  फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ। कतारको लुसाइल स्टेडियममा आज बिहान सम्पन्न खेलमा उरुग्वेलाई २–० गोलअन्तरले हराउँदै पोर्चुगल नकआउट चरणमा पुगेको हो। पोर्चुगलले समूह ‘एच’ बाट लगातार दुई खेल जित्दै नकआउट चरणमा स्थान  बनाएको हो।

National life

पोर्चुगलको  जितमा  ब्रुनो फर्नान्डेसले नायक बने। खेलको ५४औँ मिनेटमा ब्रुनोले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा  ब्रुनोले पेनाल्टीबाट  दोस्रो गोल गर्दै पोर्चुगललाई २–० को जित दिलाए।

उरुग्वेका जोसे जिमिनेजले पेनाल्टी क्षेत्रमा ह्यान्डबल गरेपछि भीएआरमा पोर्चुगलले पेनाल्टीको अवसर पाएको थियो। पोर्चुगलले २ खेलमा छ अङ्क जोडेको छ। पराजित उरुग्वेको १ अङ्क छ।

त्यसैगरी कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘जी’ मा  ब्राजिल नकआउट चरणमा पुगेका छ। कतारको स्टेडियमा ९७४ मा गए राति भएको खेलमा स्वीट्जरल्याण्डलाई १–० गोलअन्तरले हराउँदै ब्राजिल नकआउट चरणमा पुगेको हो।

ब्राजिलको जितमा कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो। यस जितसँगै ब्राजिलले लगातार दोस्रो जित निकाल्दै खेलमा छ अङ्क जोडेको छ। समूह ‘जी’ मा  ब्राजिल शीर्षस्थानमा छ। स्वीट्जरल्याण्ड दुई खेलमा तीन अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 29, 2022| 08:04 मंगलबार, मंसिर १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।