बुधबार, असार १०, २०८३

विश्वकपमा सर्बिया र क्यामरुनको रोमाञ्चक बराबरी

समूह 'जी'अन्तर्गत यी दुई टिमको दोस्रो खेलमा दुवै टिमले ३-३ को बराबरी खेलेका हुन्।
 |  सोमबार, मंसिर १२, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर १२, २०७९

काठमाडौं- कतारमा जारी फिफा विश्वकप फुटबलमा सर्बियाले क्यामरुनसँग रोमाञ्चक बराबरी गरेको छ। समूह 'जी'अन्तर्गत यी दुई टिमको दोस्रो खेलमा दुवै टिमले ३-३ को बराबरी खेलेका हुन्।

National life

खेलको २९औं मिनेटमा गोल गर्दै क्यामरुनले जिन चार्लस कास्टेलेट्टोको गोलबाट अग्रता बनाएको थियो। तर सर्बियाले पहिलो हाफमै दुई गोल फर्कायो। सर्बियाका लागि पहिलो हाफका इन्ज्युरी समयको दुई मिनेटबीच स्त्राहिन्जा पलोविच र सेर्गेज मिलिनोविच साविचले समान १–१ गोल गरेका थिए।

त्यस्तै दोस्रो हाफको ५३औं मिनेटमा अलेक्जेन्डर मित्रोविचले गोल गर्दै सर्बियालाई ३–१ को अग्रता दिलाएका थिए। तर क्यामरुनका भिनसेन्ट अबोउबकर र इरिक म्याक्सिम चुपोमोटिङले खेलको ६३औं र ६६औं मिनेटमा गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए।

यो बराबरीसँगै दुवैले समान १–१ अंकका साथ विश्वकपमा खाता खोलेका छन्। यसअघिको खेलमा सर्बिया ब्राजिलसँग पराजित भएको थियो भने स्विट्जरल्यान्डले क्यामरुनलाई हराएको थियो।

ब्राजिलले आजै राति स्विट्जरल्यान्डको सामना गर्दैछ।

Shivam cement

प्रकाशित: Nov 28, 2022| 18:13 सोमबार, मंसिर १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।